बलिउड अभिनेता टाइगर श्राफ पछिल्लो समय एक्सन हिरोका रूपमा परिचित छन् । बागी, बागी २ र वार जस्ता फिल्मपछि टाइगरको इमेज एक्सन हिरोको बनेको हो । दर्शकले उनको फिल्ममा एक्सन दृश्यको प्रतीक्षा गर्न थालेका छन् ।

भारतीय मिडियाका अनुसार एक्सन निर्देशकको दिमाग टाइगरलाई कसरी अझै फरक खालको भूमिकामा देखाउन सकिन्छ भन्ने हुन्छ । किनकि टाइगर जस्तोसुकै स्टन्ट पनि दिन तयार हुन्छन् । हालै ‘वार’ को सफलताले उत्साहित बनेका टाइगर हाल ‘बागी ३’ को सुटिङमा व्यस्त छन् । जसमा श्रद्धा कपूर लिड रोलमा छिन् ।

टाइगरले उक्त फिल्ममा एक यस्तो दृश्य दिँदै छन्, जसलाई देखेर दर्शक चकित पर्नेछन् । राम लक्ष्मण र अहमद नामक एक्सन निर्देशकहरूले उक्त एक्सन सटलाई कोरियोग्राफी गरिरहेका छन् । ती दृश्यहरूमा ४ सय कारका साथ टाइगरलाई ४५ गुण्डासँग लड्दै गरेको देखिनेछ ।