धरान/ विकास र समृद्धिको आधारभूमि मानिएको चीनको ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बीआरआई) कार्यान्वयनमा नेपाल सरकार तयार भएको छ ।

चीनका राष्ट्रपति सी चिनफिङको दुई दिने राजकीय भ्रमणको क्रममा दुई देशले जारी गरेको १४ बुँदे संयुक्त विज्ञप्तिमा बीआरआईलाई महत्वका साथ राखिएको छ । नेकपाको दुईतिहाइको सरकारले पनि विकास र समृद्धिलाई पहिलो सर्त मानेको छ । यसक्रममा राष्ट्रपति सीको भ्रमणले बीआरआईलाई दुवै देशको लागि महŒवपूर्ण समृद्धि र विकासको आधारमा मानेको हो । बिआरआईलाई कार्यान्वयन गर्न दुवै देश सहमत भएको विज्ञप्तिमा उल्लेख छ ।

सन् २०१८ को जुन २१ तारिखका दिन बीआरआई समझदारी पत्रमा हस्ताक्षर भएको थियो । बीआरआई अन्तर्गत बन्दरगाह, सडक, रेल्वे, हवाई सेवालगायतमा हिमालय वारपार सम्पर्क सञ्जाल विस्तार गर्न दुवै देश सहमत भएका छन् । नेपालले नेपाली भूमिबाट चीनविरुद्ध कुनै पनि खालका गतिविधि हुन नदिने प्रतिबद्धतालाई विज्ञप्तिमा दोहो¥याएको छ । दुवै देशले एक–अर्काको स्वतन्त्रता, सार्वभौमसत्ता र भौगोलिक अखण्डतालाई ध्यानमा राख्दै एक–अर्काको चासो र सरोकारलाई सम्मान गर्ने भएको विज्ञप्तिमा उल्लेख छ ।

आपसी विकास प्रवद्र्धन गर्न व्यापार, पर्यटन, लगानी, उत्पादन क्षमता र जनजीविका सुधारजस्ता अर्थतन्त्रका विविध क्षेत्रमा सहकार्य गर्न दुवै देश सहमत भएका छन् । नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्नका लागि चीनले सक्दो सहयोग गर्ने भएको छ । त्यस्तै शिक्षा, संस्कृति, पर्यटन, परम्परागत चिकित्सा, मिडिया, थिङ्क ट्याङ्क र युवावर्गमा आदान–प्रदान प्रवद्र्धन गर्न दुवै देश राजी भएका छन् ।

नेपालका लागि चीनको सिचुवान प्रान्तस्थित छन्दुमा कन्सुलेट जनरल कार्यालय स्थापना गर्न दिने भएको छ । क्रस बोर्डर रेल्वे निर्माणबारे विस्तृत तहको अध्ययन गर्दै काठमाडौं–पोखरा–लुम्बिनी रेल्वे परियोजनाका रूपमा अगाडि बढाउने भएको छ । जलोङ र केरुङ हुँदै काठमाडौं जोड्ने सुरुङ मार्गहरू निर्माण गर्ने भएको छ ।

यस्ता छन्, २० बुँदे सम्झौता र समझदारी

काठमाडौं (रासस) चीनका राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा नेपाल र चीनबीच आइतबार बीस समझदारीपत्र र ‘लेटर अफ एक्सचेञ्ज’ (आदान–प्रदान पत्र) का दस्तावेजमा हस्ताक्षर भएको छ ।
१. नेपाल र जनवादी गणतन्त्र चीनबीच सीमा व्यवस्थापन प्रणाली सम्झौता
२. नेपाल र जनवादी गणतन्त्र चीनबीच शासकीय क्षमता अभिवृद्धि तथा आदान–प्रदानसम्बन्धी समझदारी पत्र
३. नेपाल र जनवादी गणतन्त्र चीनबीच आपराधिक गतिविधि नियन्त्रणसम्बन्धी कानूनी सहायता सन्धि
४. नेपाल र जनवादी गणतन्त्र चीनबीच सगरमाथा क्षेत्रको पर्यावरणीय संरक्षणसम्बन्धी समझदारीपत्र
५. नेपाल र जनवादी गणतन्त्र चीनबीच राष्ट्रिय योजना आयोग र चीनको राष्ट्रिय विकास तथा सुधार आयोगबीच लगानी तथा सहयोग अभिवृद्धिसम्बन्धी समझदारीपत्र
६. नेपाल र जनवादी गणतन्त्र चीनबीच सिचुआन प्रान्तको राजधानी छन्दुमा नेपालको महावाणिज्य दुतावास स्थापना गर्नेसम्बन्धी ‘लेटर अफ एक्सचेञ्ज’ (आदान–प्रदान पत्र)
७. नेपालको भौतिक तथा यातायात मन्त्रालय तथा जनवादी गणतन्त्र चीनको यातायात मन्त्रालयबीच चीन नेपाल सीमापार रेलपरियोजनाको सम्भाव्यता अध्ययनसम्बन्धी समझदारी पत्र
८. नेपालको काठमाडौँ महानगरपालिका र जनवादी गणतन्त्र चीनको नान्जिङ शहरबीच भगिनीसम्बन्ध स्थापनाको सम्झौता
९. नेपालको बुटवल उपमहानगरपालिका र जनवादी गणतन्त्र चीनको सियान नगरबीच भगिनीसम्बन्ध स्थापनाको सम्झौता
१०. नेपालको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र जनवादी गणतन्त्र चीनको परम्परागत औषधि व्यवस्थापन राष्ट्रिय प्रशासनबीच परम्परागत उपचार पद्धतिमा सहयोगसम्बन्धी समझदारी पत्र
११. नेपालको गृह मन्त्रालय र जनवादी गणतन्त्र चीनको आपतकालीन व्यवस्थापन मन्त्रालय मन्त्रालयबीच दैवी विपत्ति न्यूनीकरण तथा आपत्कालीन द्रुत उद्धारका लागि सहयोगसम्बन्धी समझदारी पत्र
१२. नेपालको महान्यायाधीवक्ताको कार्यालय र जनवादी गणतन्त्र चीनको सर्वोच्च महान्यायाधीवक्ताको कार्यालयबीच सहयोगसम्बन्धी समझदारी पत्र
१३. नेपालको त्रिभुवन विश्वविद्यालय र कन्फ्युसियस अध्ययन संस्थानको मुख्यालयबीच त्रिभुवन विश्वविद्यालयमा कन्फ्युसियस अध्ययन संस्थान स्थापन गर्नेसम्बन्धी सम्झौता
१४. नेपालको कृषि विभाग र जनवादी गणतन्त्र चीनको सामान्य भन्सार प्रशासनबीच अमिला वर्गका फलफूल चीन निर्यात गर्नेसम्बन्धी फाइटोस्यानेटरी आवश्यकतासम्बन्धी प्रोटोकल
१५. नेपालको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र जनवादी गणतन्त्र चीनको वाणिज्य मन्त्रालयबीच व्यापारसम्बन्धी संयुक्त कार्यदल गठनको समझदारी पत्र
१६. चिनियाँ सहयोगमा नेपालमा भूकम्प अनुगमन सञ्जाल परियोजना आपूर्ति तथा स्वीकार प्रमाण–पत्र
१७. नेपालको अर्थ मन्त्रालय र जनवादी गणतन्त्र चीनको वाणिज्य मन्त्रालयबीच लगानी सहयोग कार्यदल गठनसम्बन्धी समझदारी पत्र
१८. नेपालको अर्थमन्त्रालय र चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग नियोगबीच सुरुङ निर्माण सहयोगसम्बन्धी समझदारी पत्र
१९. सीमा सुरक्षा तथा कार्यालय उपकरणका लागि ‘लेटर अफ एक्सचेञ्ज’ (आदान–प्रदान पत्र)
२०. चीनको सहयोगमा काठमाडौंँ उपत्यकाका नगरक्षेत्रमा खानेपानी आपूर्ति सुधार परियोजनाको सम्भाव्यता अध्ययनसम्बन्धी बैठकका निर्णय ।