धरान । धरान प्रहरीले एक युवासहित पेस्तोल र भारी परिमाणमा धरान–१० बाट लागूऔषध नियन्यत्रमा लिएको छ ।

विशेष सूचनाको आधारमा प्रहरीले लागूऔषध आइतबार साँझ पेस्तोलसहित १३ म्यागजिन बरामद गरेको छ । यसअघि पनि धरान–१० धर्मपथबाट भारी परिणामै लागूऔषध बरामद गरेको थियो । इलाका प्रहरी कार्यालय धरानको टोलीले लागूऔषध नियन्त्रणमा लिएको हो । तर, परिणाम बारे हालसम्म कुनै आधिकारिक जानकारी दिएको छैन ।

एक स्थानीय प्रत्यक्षदर्शीका अनुसार धेरै परिणाममा लागूऔषध बरामद गरेको थियो । कोठामा राखेको अवस्थामा नियन्त्रणमा लिएको हो । धरानमा प्रहरीले बेलाबेलामा ठूलो परिणाममा लागूऔषध पक्राउ गर्दै आएको छ । लागूऔषध कारोबारी नै रहेको हुन सक्ने प्रत्यक्षदर्शीले बताए ।