पथरी । मंगोल नेशनल अर्गनाइजेसन पार्टी पथरीशनिश्चरे र सुनबर्षी मोरङले संयुक्त रुपमा कालो टिका लगाएर दशै बहिस्कार गरेको छ ।

मोरङको पथरी बजारमा कार्यक्रमको आयोजना गरि टिकाको दिन कालो टिका लगाएर दशै बहिस्कार गरेका थियो । मंगोल नेशनलको १ नम्बर प्रदेश सदस्य पदमा तामाङले उपस्थित सहभागीहरुलाई टिका लगाइदिएका थिए ।

संगठनको प्रदेश सभा सदस्य देवनारायण धिमालले मंगोल घले राजाको टाउको काटेर दशैं (विजय दशमी)को सुरु भएकोले अहिन्दू मंगोलहरुले टिका लाउन नहुने बताए । रातो टिका पूर्खाको रगत, सेतो आत्म समर्पण र बिरोध स्वरुप कालो टिका लगाइएको धिमालले बताए ।

कार्यक्रममा प्रदेश सदस्य शिवकुमार राई, जिल्ला सदस्य भीम लिम्बू, सुनबर्षी नगर अध्यक्ष महेन्द्र राजवंशी लगायतको सहभागिता रहेको थियो ।