सिरहा/ प्रदेश नं. २ अन्तर्गतको सि.टि.इ.भि.टि (CTEVT) मातहतमा सञ्चालनमा रहेको कलेजहरुले तोकिएको भन्दो चर्को शुल्क लिएर विद्यार्थी नामाँकन गर्ने गरेको भन्दै नेपाल विद्यार्थी संघले त्यस्ता कलेजलाई कारवाहीको माग गर्दै सि.टि.इ.भि.टि (CTEVT) ले तोके बमोजिमको शुल्क मात्र लिन माग गरेका छन् ।

सि.टि.इ.भि.टि (CTEVT) ले तोकेको शुल्क भन्दा बढी रकम लिँदै अभिभावकलाई ढाड सेक्ने गरी शूल्कले आफूहरुको ध्यानाकर्षण भएको नेपाल विद्यार्थी संघको सि.टि.इ.भि.टि(CTEVT) प्रदेश नं. २ को संयोजक इन्द्रजीत कुमार गोइतले बताए ।

गोइतकै अगुवाईमा गएको नेपाल विद्यार्थी संघका टोलीले सि.टि.इ.भि.टि (CTEVT)को जनकपुर स्थित कार्यालयमा विज्ञप्ति पत्र बुझाउँदै तोकेको शुल्क भन्दा बढी शूल्क लिन नपाउने माग गरेका छन् । उनीहरुले विद्यार्थीहरुसँग लिइएको चर्को मूल्य अर्थात तोकिएको भन्दा बढी शूल्क तत्कालै फिर्ता गर्न समेत माग गरेका छन् । शुल्क फिर्ता नगरेकोमा कडा आन्दोलनमा जाने चेतावनी समेत दिएका हुन् ।

सि.टि.इ.भि.टि (CTEVT) को केन्द्रीय कार्यालय सानोठिमी भक्तपुर र प्रादेशिक कार्यालय जनकपुरलाई बोद्यार्थ गर्दै नेपाल विद्यार्थी संघ महोत्तरीका अध्यक्ष आशुतोष (नविन) झा सहितको टोलीले विज्ञप्ति पत्र बुझाएका हुन् ।