वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकाको वडा नम्बर २ मा रहेको, आदर्श माध्यमिक विद्यालयमा अज्ञात समुहले कम्प्युटर लगायतको लाखौं मूल्य बराबरको भौतिक सम्पत्ती तोडफोड गरि नष्ट गरेको छ ।

समुहले साविक वराहक्षेत्रको पुनरवासमा रहेको जेठो र नमूना विद्यालय आदर्श माविमा असोज २० गते सोमबार राती तोडफोड गरेको हो ।

तोडफोड वाट विद्यालयको परिक्षा, लेखा र प्रधानअध्यापक गरि ३ कोठामा रुहेको ल्यापटप २ थान डेस्कटप क्म्प्युटर २ थान , रंगीन प्रिन्टर १ थान, सादा प्रिन्टर २ थान र फ्याक्स मेशीन १ थान र स्टील दराज १ थान,सिसाहरु तथा अन्य गरी १० लाख रुपैंया बराबरको उपकरण क्षति भएको प्रधाहध्यापक प्रह्लाद भट्टराईले बताए ।

तोडफोड वाट सबैभन्दा वढि क्षति लेखा र प्रअ कक्षको भएको छ । भने विद्यालय खोल्न विहान आठ वजे आएका कार्यलय सहयोगी नन्दी प्रसाद घिमिरेले कोठाको समानहरु तोडफोड भएर भुईमा छरिएको देखेपछि तत्कालै प्रचार्यलाई खबर गरेको बताए ।

सबैभन्दा पहिले कोठा बाहिर राखिएको एसेम्ब्ली झन्डा भुईमा फ्याकिएको र ढोकाको ताला खोलिएको अवस्थामा कोठा भित्रको समानहरु तोडफोड गरि छरिएर रहेको देखेको उनले बताए ।

तोडफोडको जानकारी पाएर कोठामा गएर हेर्दा हेर्ने नसक्ने गरि विद्यालयको सम्पत्ती फुटाई भुईमा फ्याकिएको भन्दै, संगै रहेको विग्रीएको कम्प्युटर लाई केही नहनु र चालु अवस्थामा रहेको ल्यापटप र प्रिन्टर ,फ्याक्स जस्ता उपकरणहरु छानी छानी, नियोजित ढ्रंगले फुटाईएको प्रअ भट्टराईले बताए ।

तोडफोड भएको २० गते राती विद्यालयमा चौकीदारी गर्न बसेका कार्यलय सहयोगी हर्क वहादुर कार्की कुनै जानकारी नगराई ड्युटीमा अनुपस्थित रहेको प्रचार्य भट्टराईले बताए ।

विद्यालय लाई जानकारी नगराई किन गैरजिम्मेवार भएर त्यसरी घरमा बसेको भन्दा , आफु सन्चो नभएर डय्टी गर्न नसेकेको, कास हर्क वहादुर कार्की लाई उद्धृत गर्दै प्रअ उनले बताए ।

विद्यालयमा कार्यलय सहयोगीहरुमा,विहान नन्दी प्रसाद घिमिरे, दिउ“सो पशुपती पोखरेल र रातमा हर्क वहादुर कार्कीको ड्युटी रहने गरेको उनले बताए ।

विद्यालयले २१ गते नै घटनाको जाहेरी ईलाका प्रहरी कार्यलय चक्रघट्टीमा दिएको छ । खबर पाएर विहान ९ वजे घटनास्थल प्रहरी निरीक्षक शरण कुमार दाहाल सहितको पुगेको प्रहरी टोली ले घटनाको मुचुल्का उठाईएर छानविन अघि बढाएको प्रहरीले बताएको छ ।

विहिवार नगरपालिका प्रमुख निलम खनाल,वडा नम्बर २ अध्यक्ष हरिकृष्ण भट्टराई ,ईलाका प्रहरी कार्यलय चतराका प्रहरी नायब निरीक्षक घनश्याम राय प्रअ प्रहलाद भट्टराई,सहायक प्राचार्य ज्ञान वहादुर पाण्डे र पत्रकारको समुह विद्यालय गएको थियो ।

घटनाको प्रारिम्भक अनुसन्धान वाट हेर्दा विद्यालयलय को सम्पूर्ण जानकारी भएको तथा विद्यालय व्यवस्थापन समितिको संग असन्तुष्ट रहेको पक्ष वाट घटना भएको हुन सक्ने भन्दै , घटना लाई प्रहरीले गहन रुपमा लिएको ईलाका प्रहरी कार्यलय चक्रघट्टीका प्रहरी निरीक्षक शरण कुमर दाहालले बताए ।

aadarsha-todfod2 aadarsha-todfod3