भण्टावारी / सुनसरीको भोक्राहा नरसिंह गाउँपालीका ६  चिरौली चोकमा अवस्थित सजिलो कृषि सहकारी संस्थाको ६ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । २०७० सालमा स्थापित सहकारी संस्थाको छैटौं साधारणसभा बिहीबार भोक्राहा नरसिंह गाउँपालीकाका अध्यक्ष महेन्द्र यादवको प्रमुख आतिथ्य तथा संस्थाका अध्यक्ष हाजी ईसराइल मन्सुरीको अध्यक्षता सम्पन्न भएको हो । बचत तथा ॠणको साथै सजिलो कृषि सहकारी संस्थाले विभिन्न समाजिक कार्य गर्नुका साथै कृषकहरुलाई मल र बीउ सहुलियत दरमा वितरण गर्दै आएको संस्का अध्यक्ष हाजी ईसराल मन्सुरीले बताए । 
 
२८ जना शेयरसदस्यबाट १ लाख २५ हजार लगानीबाट सुरु भएको सजिलो कृषि सहकारी संस्थाको ६ औं साधारणसभासम्म आइपुग्दा १७८ जना जम्मा शेयरसदस्य हुनुकासाथै ७५ लाख बढीको कारोबार भईरहेको उनले बताए । सबैको साथ र सहयोगले विभिन्न समयमा समाजिक कार्य गर्दै आएको र संस्था नाफामा चलेको अध्यक्ष मन्सुरी बताउँछन् । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गाउँपालीका अध्यक्ष महेन्द्र यादवले छोटो समयमा संस्थाले उल्लेखनीय प्रगति गरेकोमा धन्यवाद ज्ञापन गर्दै विभिन्न सहकारी संस्थासंग एकआपसमा मिलेर अघि बढ्ने आफ्नो उद्देश्य रहेको बताए । 
 
भोक्राहा नरसिंह गाउँपालीकाले विकासमा फड्को मार्न सजिलो कृषि सहकारी संस्था जस्ताको साथ र सहयोग अपरिहार्य रहेको उनले बताए । उक्त संस्थाले सहकारी मार्फत गरिब तथा विपन्न समुदायलाई बचत तथा ॠणको माध्यमबाट आर्थिक हैसियत उकास्ने काम गर्दै आएको छ । कार्यक्रममा विभिन्न माध्यमबाट सहयोग गर्नेहरुलाई संस्थाले सम्मान समेत गरिएको छ ।
 
सजिलो कृषि सहकारी संस्थाले उत्कृष्ट बचतकर्ता विरेन्द्र यादव र संजयकुमार शाह, नियमित ॠणतिर्ने खुश्बु शाह र कलिम अलि, सहकारीकर्ता श्याम दाहाल, भोक्राहा नरसिंह गाउँपालीका वार्ड नम्बर ६ का वडाध्यक्ष राजेश्वर शाह सहितलाई सम्मान गरेको छ । उनीहरू सबैलाई कार्यक्रमका प्रमुख अतिथि गाउँपालीका अध्यक्ष महेन्द्र यादव, संस्थाका अध्यक्ष हाजी ईसराइल मन्सुरीले दोसल्ला र प्रमाणपत्रसहित सम्मान गरेका थिए । उक्त कार्यक्रममा बोल्दै विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजिक अगुवाहरुले सजिलो कृषि सहकारी संस्थाले विगत देखि नै समाज परिवर्तनमा भूमिका खेलेको भन्दै आगामी दिनमा समेत निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए ।