भोजपुर/ बहिनी जिस्काएको भन्दै जिल्लाको भोजपुर नगरपालिका वडा नम्बर ११ बासबोटेका शुभन सुन्दास र शुसिल सुन्दासले खुर्पा प्रहार गर्दा पाँच जना घाइते भएका छन् ।

बुधबार साझ स्थानिय सविन पाठकले आफ्नी बहिनीलाई जिस्काएको भन्दै कुटपिट संगै खुर्पा प्रहार गर्दा उनिहरु घाइते भएका हुन् ।

घाइते हुनेमा खुर्पा प्रहार गर्ने ३१ बर्षिय शुसिल सुन्दास , २५ बर्षिय सुभन सुन्दासका साथै केटी जिस्काउने २० बर्षिय , सविन पाठक ,१७ बर्षिय नविन पाठक र ३५ बर्षिय बलराम पाठक रहेका छन । घाईते मध्ये २ जनको अवस्था गम्भीर रहेको छ ।

उनिहरुको जिल्ला अस्पताल भोजपुरमा उपचार हुन नसके पछि थप उपचारका लागि एक जनालाई धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र अर्को एक जनालाई कोशी अञ्चल अस्पताल विराटनगर रेफर गरिएको छ ।

अन्य तिन जना भने सामान्य उपचार पछि डिस्चार्ज भएका छन् । घटनाको विषयमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायव उपरिक्षक नर बहादुर सलामी मगरले बताए ।