“ट्रम्पले आफूलाई दोषी बनाइसके”

alt
  • आश्विन २३, २०७६
  • २२७ पटक पढिएको
  • ब्लाष्ट खबर

बीबीसी नेपाली/ अमेरिकाका भूतपूर्व उपराष्ट्रपति जो बाइडनले राष्ट्रपति ट्रम्पमाथि महाभियोग लगाइनु पर्छ भनेर पहिलोपटक प्रत्यक्ष आह्वान गरेका छन्।

न्यू ह्याम्पसरमा समर्थकहरूलाई सम्बोधन गर्दै उनले कानुन पालनामा अवरोध उत्पन्न गराएर ट्रम्प स्वयंले आफूमाथि आरोप प्रमाणित गराइरहेको बताए।

सन् २०२० मा हुने राष्ट्रपतीय निर्वाचनमा बाइडन विपक्षी डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेदवार मनोनीत हुने दौडमा छन्।उनको दल डेमोक्र्याटिकका अगुवाहरूले सदनमा ट्रम्पविरुद्ध महाभियोगको छानबिन गरिरहेका छन्।

कडा टिप्पणी
ह्वाइट हाउसले सदनले थालेको महाभियोग छानबिनमा सहयोग नगर्ने बताएको भोलिपल्ट बाइडनको यो टिप्पणी आएको छ।बाइडनले सम्बोधन गर्दै गर्दा ट्रम्पले भने ट्विटरमा उनीप्रति अपमानजनक शब्द प्रयोग गर्दै खिल्ली उडाएका छन्।

युक्रेनलाई आफ्ना राजनीतिक प्रतिद्वन्द्वी बाइडनविरुद्ध छानबिन गराउन दबाव दिएको आरोपमा ट्रम्पमाथि सदनका डेमोक्र्याटिक नेताहरूले महाभियोगको छानबिन गरिरहेको छ।

यसबीच विपक्षी डेमोक्र्याटहरूले अमेरिकी कंग्रेसमा थालेको राष्ट्रपतिविरुद्धको महाभियोगको छानबिनलाई नसघाउने ह्वाइट हाउसले जनाएको छ। सो छानबिनलाई उसले दलीय पूर्वाग्रहपूर्ण तथा असंवैधानिक भनेको छ।

डेमोक्र्याटका अगुवाहरूलाई एक पत्र लेख्दै ह्वाइट हाउसका वकिलले पक्षपातपूर्ण एवं उचित प्रक्रिया नअपनाइएका छानबिनमा राष्ट्रपति ट्रम्पले नसघाउने उल्लेख गरेका छन्।

मिस पूर्वाञ्चलको प्र ...

धरान । पूर्वको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता नेपाल आई ...

चासोक तङ्नामको मैजार ...

धरान / लिम्बु समुदायले मनाउदै आएको परम्परागत मौलिक सांस ...

टिपरको ठक्करबाट मोटर ...

उदयपुर / उदयपुरको साउनेमा टिपरले मोटरसाईकललाई ठक्क ...

अब आर्थिक समृद्धिको ...

  नेपालको आर्थिक समृद्धिको प्रमुख जगका रुपम ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved