कम उमेरमा विवाह गरेर पछुताउँदै महिला

alt
  • आश्विन २१, २०७६
  • १७९ पटक पढिएको
  • रासस

 

  • अञ्जना पराजुली

बीसपारि अनि मात्र बिहेवारी’ अवधारणालाई आत्मसाथ गर्न सकेमात्र हाम्रो समाज असल समाज बन्न सक्छ भन्ने यथार्थतालाई यहाँका महिलाले अब बुझ्न थालेका छन् । अपरिपक्व उमेरमा गरिने विवाहले भविष्य उज्वल हुनुका साटो अन्धकार भएको अनुभव सानो उमेरमा विवाह गरेर पछुताएका महिलाले सुनाउन थालेका छन् । विवाहपछि आउने समस्यालाई हल गर्न सक्ने क्षमता निर्माण नगरी गरिने विवाहले मानिसको जीवनमा पर्ने दुःखबाट आँशु मात्र बग्छ, अनुहारमा हाँसो भने हुँदैन र पछुताउनुपर्छ भन्न थालेका छन अहिले उनीहरु । पढ्नेलेख्ने, हाँस्नेखेल्ने उमेरमा विवाह गरेको कारण आफूहरुलाई अहिले निकै पछुतो हुने गरेको मेनुका चौहानले बताउनुभयो ।

विराटनगर महानगरपालिका–१२ निवासी ३४ वर्षीया चौहान आफू कक्षा ९ मा पढ्दापढ्दै एक युवकसँग भेटघाट भयो । भेटघाट भएसँगै सम्बन्ध बलियो हुँदै जाँदा ती युवकसँग भागेर विवाह गरेको स्मरण गराइन । आफू १६ वर्षकै उमेरमा भविष्यको चिन्ता नै नगरी गरिएको यो विवाह आफ्नो जीवनमा अभिशाप बन्यो उनले अतितलाई सम्झँदै भनिन । पछि गएर दुःख पाउँदा जीवनमा ठूलो भूल गरेको चेतना त भयो तर त्यसलाई सच्याउने बाटो नपाएको उनको कथन थियो । सोचेअनुसार वैवाहिक जीवन नचलेपछि कलहमा जीवन गुजार्नुभन्दा सम्बन्धविच्छेद गरेर एक्लो जीवन बिताउने निर्णय लिएसँगै उनले सम्बन्धविच्छेद गरिन् ।

हुनेखाने घरको छोरी भएर पनि अहिले कष्टकर जीवन बिताउनु पर्दा मलाई झन् पीडावोध हुन्छ, उनी भन्छिन । हतारमा गरिएको यो विवाहले मेरो सर्वस्वहरण त भयो तर अब आउने दिनमा कसरी समस्याको सामना गर्ने झन् चुनौती थपिएको दुखेसो चौहानले गरिन । उनले भनिन , “आफूले गरेको विवाहप्रति निकै पछुतो छ, यसकोे कारण आफ्नो पढाइ सबै बिग्रियो, केही काम छैन, बेरोजगार छु र विवाहको परिणाम भोग्दैछु ।” यस्तै, विराटनगर महानगरपालिका निवासी २६ वर्षीया सीमा कार्कीले पनि बालविवाहको कारण आफ्नो भविष्य बर्बाद भएको सुनाइन । घरका आमाबुबाले नै विवाह गरिदिएको उनको भनाइ छ । आफ्नो आमाबाबु र दाजुको जिद्धीबाट विवाह भएका कारण आफ्नोे रहर र सबै सपना चकनाचुर भएको उनको भनाइ छ ।

उनले आफ्नो हाँसखेल गर्ने उमेरमा घरपरिवार चलाउनुपर्ने, साना नानीहरुको हेरचाह गर्नुपर्ने, घर व्यवहार धानेर बस्नु परेकाले मनमा कहिले पनि सन्तुष्टि नआएको र चिन्ता मात्र लागिरहेको अनुभव सुनाइन । आमाबुबाले आफूलाई बोझ सम्झेर छोरी पढाएर केही फाइदा नहुने भन्ने सोचका कारण आफ्नो विवाह गरिदिएको गुनासो कार्कीले गरिन । त्यस्तै, कम उमेरमै विवाह गर्ने ममता पासवानको पारिवारिक स्थिति निकै कमजोर र नाजुक देखिएको छ । कक्षा ८ मा पढ्दा आफ्नो विवाह भएको उनी बताइन। परिवारको आर्थिक स्थिति कमजोर भएका कारण केटा पक्षले केही दाइजो नलिने भनेपछि घरपरिवारका सदस्यले विवाह गरिदिएका थिए । उहाँ भन्नुहुन्छ, “परिवारको मायाले विवाह गर्न बाध्य भएँ । आफ्नो पढाइलेखाइलाई बीचमै छाडे । विवाहपछि घरकै काममा व्यस्त हुने गरेको छु, पढ्ने सोच बनाए पनि घरको कामले फुर्सद हुँदैन ।” विवाहपछि धेरै मानिसहरुको जीवन धरापमा परेको छ तर यहाँ केही प्रतिनिधिमूलक घटनाको मात्र प्रस्तुत गरिरहँदा सुष्मा शर्मा पनि यही कारणले दुःख पाइन ।

आफू १४ वर्षकी हुँदा पे्रमविवाह गरेको र एक वर्षपछि छोरी जन्माएको उनी बताउछिन । शर्माले परिवारमा सधैँ झगडा हुने, गाली खानुपर्ने, सकिनसकी काम गर्नुपर्ने र कलह मात्र हुने यो परिवारबाट छुटकारा पाउन सम्बन्धविच्छेद गरेको जानकारी दिए । कलिलो उमेरमा विवाह भयो, एक वर्षपछि बच्चा जन्मियो, घरको झगडाले सीमा नाघेको र सधैँ श्रीमान्बाट कुटाइ खाइरहनुभन्दा एक्लै बस्ने मनस्थिति बनाएका कारण सम्बन्धविच्छेद गरेको शर्माको भनाइ छ । आफूसँगै पढ्ने साथीहरु शिक्षित भएको र केही जागिरमा पनि रहेकाले अहिले मैले पछुताउनुको विकल्प छैन, उनीको भनाइ थियो । उनीको वैवाहिक जीवन साह्रै पीडादायी बनेको र अहिले त्यही नानी लिएर माइतीमा बसेको बताए ।

विराटनगर महानगरपालिका–१२ मा मात्र यो तीन महीनामा १५ भन्दा बढी उमेर नै नपुगी विवाह दर्ताका लागि सिफारिश लिन आएको वडाध्यक्ष हीरालाल कामतले जानकारी दिए । उनले २० वर्ष नपुगी गरिने विवाह बालविवाह हो । यस्तो विवाह गर्नु हुँदैन र २० वर्ष नपुगी विवाह दर्ता नहुने कानूनी प्रावधान भएकाले सम्झाएर पठाउने गरेको अध्यक्ष कामतको भनाइ छ । सरकारले कम उमेरमा विवाह गरेमा रु २५ हजार जरिवाना र एक वर्ष कैद गर्ने कानून बनाए पनि यसलाई व्यवहारमा नमान्ने मानिसहरुले नै भविष्यमा दुःख भोग्ने गरेका छन् ।

पथरी क्षेत्रमा लागूऔ ...

पथरी / इलाका प्रहरी कार्यालय पथरीको क्षेत्रमा लागूऔषध क ...

आजको राशिफल, कात्तिक ...

श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११४०, वि. सं. २०७६ स ...

एनसेले बाढ्यो ल्यापट ...

बिराटनगर /  एनसेल प्राईभेट लिमिटेडले हाल संचा ...

प्रदेश सरकारको बजेटल ...

धरान । धरानको मुख्य वजार कोशी राजमार्ग अन्तर्गत पर्छ । ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved