महोत्तरीका बस्तीमा बँदेल आतङ्क

alt
  • आश्विन २०, २०७६
  • ११२ पटक पढिएको
  • रासस

बडादशैँ पर्वमा रमाउने बेलामै जङ्गली बँदेलले बाली सखाप पार्दै उधुम मच्चाएपछि महोत्तरीका किसान हैरान भएका छन् । पर्वको तयारीमा घरतिर व्यस्त रहेको बेलामा जङ्गली बँदेलको हुल नै खेतबारी पसेर बाली सखाप पारेपछि यहाँका किसान हैरान भएका हुन् ।

दशैँकै बेला जिल्लाका भङ्गाहा, गौशाला र बर्दिवास नगरपालिकाका बस्तीमा बँदेल आतङ्क बढेको छ । पछिल्ला तीन दिनयता १०/१२ को सङ्ख्यामा बारी पसेका बँदेलले चार कट्ठाभन्दा बढीको कोभी तरकारीका हुर्कदो बिरुवा उखेलेर र माडेर मैदान बनाएको भङ्गाहा–४ का किसान चन्देश्वर राय दनुवारले बताउनुभयो । भङ्गाहा नगरपालिकाको रामनगर, थारुटोलबनरा, प्रेमनगर, सीतापुर धतियाटोल र राजपुरमा जङ्गली बँदेलको बिगबिगी बढेको छ । त्यसैगरी बर्दिवासको मनहरीपुर, फुलबारीटोल र पशुपतिनगरमा पनि जङ्गली बँदेलले तरकारी बाली र केराका थाम उखेलेको किसानले बताएका छन् ।

पछिल्लोपटक बँदेलसँगै दुम्सी पनि बस्ती नजिकका उखुघारीमा बढेका पशुपतिनगरका किसान महेन्द्रसिंह कुशवाहाले बताउनुभयो । जिल्लाको गौशाला नगरपालिकाको भरतपुर खोर, बटुवा, लक्ष्मीनियाँ र इँटाटार बस्तीमा बँदेलले बाली निकै नोक्सान गरेको किसानको गुनासो छ । यसबाहेक पूर्वपश्चिम राजमार्गदेखि दक्षिण क्षेत्रका बर्दिवास नगरपालिकाका कृष्णपुर, खजुरियाटोल र करमटोकीमा पनि बँदेल बाक्लै पसेका छन् । उखु र तरकारीखेती गरिने जिल्लाको उत्तरी क्षेत्रमा बँदेल दिनभरि उखुबारीमा लुकेर प्रत्येक रातजसो तरकारी नोक्सान गर्न समूहमा आउने गरेको किसान बताउँछन् । मिरमिरे उज्यालो नभएसम्म कोभी फाँडेर बँदेल घारी पस्ने गरेको पशुपतिनगरकी किसान शैल महतोले गुनासो गर्नुभयो । आफ्नो बस्तीमा दशैँ शुरु भएयतामात्र तीन÷चार बिघाको कोभी खेती नोक्सान गरेको बर्दिवास–९ पशुपतिनगरका वडाध्यक्ष टेकवीर रखालको भनाइ छ । बँदेलले बारीमा सबैभन्दा बढी कोभी, लौका र काँक्रा नोक्सान गर्ने गरेको किसानको भनाइ छ ।

बँदेलले झम्टने डरले किसान बाली रुँग्न पनि डराउने गरेका छन् । वन क्षेत्रबाट बस्तीतिर पसेका बँदेल, दुम्सी र नीलगाई औरही नगरपालिकाको चेप्कोट, औरहीबजार नजिकको जङ्घा नदी किनार र गौशाला नगरपालिकाको भाण्टाबारी, रजखोर, रामनगर, कुष्माढी र बेलगाछीमा छ्यापछ्याप्ती देखिने गरेका छन् । करीब मध्यरातदेखि बिहान ४ बजेसम्मको समयमा बँदेल आतङ्क बढेको सर्वसाधारणको भनाइ छ ।

पथरीशनिश्चरे फुटबल प ...

पथरी / मोरङको पथरीशनिश्चरेमा जारी दोश्रो पथरीशनिश्चरे ख ...

पानीपियामा दुर्घटना ...

इटहरी / इटहरी उपमहानगरपािलका –२ पानीपियामा द ...

सुनसरीलाई दुख दिने क ...

धरान / कोशी टप्पु वन्य जन्तु आरक्षको हात्तिसार उदय ...

स्थानीयले उठाए अस्पत ...

इनरुवा /  इनरुवा अस्पतालमा थुप्रिएको फोहोर स्थानीय ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved