ब्लाष्टखबर । संसद सचिवालयकी कर्मचारीलाई बलातकार गरेकाे अभियाेग लागेकाे निवर्तमान सभामुख कृष्णबहादुर  पक्राउ परेका छन् ।

शुक्रबार जाहेरी परेपछि काठमाडौं जिल्ला अदालतले पक्राउ गरेर अनुसन्धान गर्न अनुमति दिएसंगै महरा रहेकाे बालुवाटारस्थित सभामुखको सरकारी निवासबाट उनलाई  प्रहरीले नियन्त्रणमा लिएको हाे ।

पीडित भनिएकी राेशनी राहीले  महराविरुद्ध नयाँ बानेश्वर प्रहरी वृत्तमा जबरजस्ती करणी उद्योगमा उजुरी दिएकी थिइन् ।  जिल्ला अदालत काठमाडौंका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले महरालाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएको हो ।