देउराली । हिन्दुहरुको माहान चाड दशैंमा विभिन्न शक्तीपिठहरुमा गएर परिवारको सुख सवृद्धि, सुस्वास्थ, प्रगतीको कामना सहित देवीको पुजाअरधना गर्ने र पुजा पश्च्यात बोका भेडा, च्याङ्ग्रा, राँगा, सुँगुर, कुखुरा, हाँस आदिको बलि दिने प्रचलन रहेको छ ।

दशैमा नेपाली समाजमा अन्य समयमा भन्दा धरै मासु खपत हुने गरेको पाइन्छ । नहुनेले पनि दशैंमा ऋण गरेरै भएपनि मासु खानैपर्ने मान्यता राख्ने गरेको पाइन्छ । यस हिसानले पनि दशैलाई मासुको पर्यायवाचीको रुपमा लिने गरेको पाइन्छ ।

तर, दशैको समयमा हामीले खाने मासु प्राय रातो मासु हुने हुनाले यसले मानव स्वास्थमा असर गर्न सक्ने डाक्टरहरुले बताउदै आएका छन् ।
न्यूरो अस्पताल विराटनगरका मुटुरोग विशेषज्ञ डाक्टर निकेश श्रेष्ठ भन्छन् ‘ रातो मासु स्वस्थकर हुदैन । खसी, रागाँ, सुगुरको मासु स्वस्थकर मनिदैन, खाने नै हो भने महिनामा एक पटक सम्म खादा हुन्छ नत्र नखाएकै राम्रो । ’

रातो मासु खानाले ‘मिर्गौलारोगी, कोलस्ट्रोल, युरिक एसिड र रगतमा चिल्लोकाे मात्रा बढी भएका मानिसहरूलाई समस्यामा पार्न सक्ने विशेषज्ञ बताउछन् । मासुमा अत्याधिक प्रटिन हुने भएकाले धेरै मासु खानाले प्रटिनको मात्रा मानिसलाई चाहिने भन्दा बढि हुने र यसले मधुमेह, हृदयघात, उच्च रक्तचाप जस्ता समस्याहरु उत्पन्न गर्ने श्रेष्ठ बताउछन् ।

मासुमा भिटामीन १२ हुने भएकाले यो मानव स्वास्थकोलागी आवस्यक भएपनि कति, कसरी र कस्तो मासु खाने भन्ने राम्रोसंग ज्ञान नभएकोले र पाउदा धेरै नै खाने हाम्रो बानिले आफैलाई समस्यामा पर्ने उनको भनाइ छ ।

चाड पर्वमा अत्याधिक मासु तथा पेस पदार्थ विशेष गरी मदिरा पिउनाले कलेजोका विरामीहरुमा लिवर फेलीयर सम्म हुने उनि बताउछन् । प्रटिनको मात्रा अत्याधिक भएर अमोनियामा गएर बस्ने भएकोले कलेजोमो समस्या उत्पन्न गर्ने मात्र नभएर मस्तिस्कमा गएर समसया उत्पन गर्ने श्रेष्ठ बताउछन् ।

उनि भन्छन् ‘ हाई प्रोटिनले गर्दा लिवरका विरामीहरुमा लिवर फेलियर हुने, अमोनियामा आएर बस्नो र दिमागमा गएर असर गर्ने हुन्छ । जसले गर्दा मानिस बेहोस हुने, कोमामा जाने र मृत्यु सम्म हुने खतारा रहन्छ । ’

यसरी मासु खादा कोलस्टोरको मात्रा बढ्ने भएकोले हृदयघातको पनि सम्भावना बढ्ने श्रेष्ठ बताउछन् । उनका अनुसार कोलस्टोर धेरै भएको मान्छेहरुले अण्डाको पहेलो भाग हप्तामा एक वा दुइपटक मात्र खानु राम्रो मानिन्छ भने, सेते भागमा प्रटिन हुने भएकाले यो स्वस्थकर मानिदैन ।

चाड पर्वमा मासु खादा विशेष गरी छाला र बासो नखानु उत्तम हुने उनको भनाई छ । खसी, बोका, रागा, सुगुर लगायताका मासुमा रातो भाग ज्यादा हुने भएकाले सोतो मासु जन्य कुखुरा, चरा, माछा खान श्रेष्ठ सुझाउछन् ।

उनका अनुसार मानिसलाई आवश्क भिटमीन १२ परिपूर्तीकालागी ६० केजी तौल भएको मानिसले प्रत्येक दिन ९० देखी १२० ग्रम मात्र मासु खानु पर्ने हुन्छ ।