विराटनगर /  प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहले प्रदेश १ को विभिन्न जिल्लाहरूमा ठूलो परिणाममा भण्डारन गरि राखिएको बिस्फोटन पद्धार्थ एक पछि अर्का गर्दै प्रहरीले बरामद गरेको छ ।
विप्लप समूहले झापाको अर्जुनधारा – १ मा भण्डारण गरेर राखिएको २५ किलो विष्फोटक पदार्थ बरामद गरको एक महिना बित्न नपाउँदै मोरङ प्रहरीले ठूलो परिणाममा ४३ थान जिलेटिन बिस्फोटक पद्धार्थ शुक्रबार बरामद गरेको हो ।
प्रहरीले विप्लप समूहका मोरङ सेक्रेटरी बुढीगंगा गाउँपालिका– ३ बस्ने कुमार खतिवडालाई शुक्रबार विराटनगर – ४ इक्राहीबाट पक्राउ गरेपछि सोही दिन साढे सात बजे बिस्फोटक पद्धार्थ बरामद गरिएको मोरङ प्रहरीका एसपी विश्व अधिकारीले जानकारी दिए । प्रहरीले खतिवडालाई पक्राउ गरेपछि विप्लप समूहले मोरङको बुढीगंगा गाउँपािलका ७ डंग्राहास्थित रत्न कुमार डाँगीको केराघारीमा तीन फिट गहिरो माटो मुनी ४३ थान जिलेटिन बिस्फोटक पद्धार्थ फेला पारेको एसपी अधिकारीले जानकारी दिए । ‘केराघारीमा कुहिएका काठको मुढाहरू पल्टाइ माटो उत्खनन गरिदा निलो प्लाष्टिकमा सेता बोरा भित्र बिस्फोटन पद्धार्थ भेटिएको थियो,’ एसपी अधिकारीले भने । प्रहरीले बिस्फोटक पद्धार्थमा प्रयोग हुने रिमोट, तार पनि बरामद गरेको छ । पक्राउ परेका खतिवडाको सुन्दरहरैचा ७ गोठाउँस्थित कोठाभाडामा बसेको कोठाबाट प्रहरीले छापा मारेर चन्दा रसिद, विभिन्न उद्योग, कम्पनी व्यवसायिक संगठनहरुलाई मागेको आर्थिक सहयोग र अन्य केही महत्वपूर्ण दस्तावेज पनि बरामद भएको छ । मोरङ प्रहरीले यस अघि असोज ९ गते विप्लप समूहका युवा संगठन सदस्य विपिन भन्ने रामु मग्रातीलाई पनि पक्राउ गरेको थियो । ‘विप्लव समूहका यी नेताको गिरफ्तारीअघि जिल्लाका विभिन्न भेगमा श्रृंखलाबद्ध विष्फोटनका घटना संलग्न भएको प्रराम्भिक चरणको अनुसन्धानबाट खुलेको छ,’ एसपी अधिकारीले भने । अनुसन्धान संलग्न अधिकृतहरुका अनुसार उनीहरुले पहिले चन्दा माग्ने र नदिने वित्तिकै तर्साउन विष्फोट गराउने गरेको देखिएको छ ।
७५ प्रशिति विष्फोटक पद्धार्थ नियन्त्रण भयो
प्रहरीले बरामद गरेको बिस्पोटक पद्धार्थ र पक्राउ परेका विप्लप समूहका नेतालाई शनिबार पत्रकार सम्मेलन गरि मोरङ प्रहरीले सार्वजानिक गरेको थियो । उक्त पत्रकार सम्मेलनमा सहभागि भएका १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी ठाकुर प्रसाद ज्ञावलीका अनुसार विप्लव समुहले भित्र्याएको विष्फोट पदार्थ मध्ये झापा र मोरङमा गरी ७५ प्रतिशत प्रहरीले नियन्त्रणमा लिएको बताए । झापा र मोरङमा एउटै पद्धतीमा विष्फोटक पदार्थ लुकाइएको अवस्था भेटिएको उनले बताए । यसअघि भदौ ३० गते झापामा विप्लव समूहले विष्फोटक पदार्थ भण्डारण गरेको ठाउँमा पनि छापा मारेको थियो । त्यसक्रममा २५ केजी विष्फोटक पदार्थ बरामद भएको डिआइजी ज्ञावलीले बताए । विप्लव समुहले भित्र्याएको विष्फाट पदार्थ मध्ये केही विष्फोटमा घटनाहरुमा प्रयोग भएको बताउँदै उनले ७५ प्रतिशत बिष्फोटक पदार्थ प्रहरीले नियन्त्रणमा लिन सफल भएको उनको दाबी थियो । डिआइजी ज्ञवालीका अनुसार विप्लव समुहले चन्दा माग्ने र नदिएको अवस्थामा विष्फोटका घटना घटाउने गरेको छन् । चन्दा मागेको सूचना प्रहरीले पाए पक्राउ गरी कारवाही गरिने बताए ।
१४ जिल्ला रहेको १ नम्बर प्रदेशबाट बिप्लप समूहका ४६ जना नेता पक्राउ परेका मध्ये २० जना पुर्पक्षका लाथि थुनामा छन् भने बाँकी प्रहरीको हिरासतमा रहेको पाइएको छ ।Dig sp