श्री शालिवाहनीय शाके १९४१, ने.सं. ११३९, वि. सं. २०७६ साल आश्विन १८ गते शनिबार, ०५ अक्टोबर २०१९ । आश्विन शुक्लपक्षको सप्तमी तिथि १४ः०८
बजेसम्म, उप्रान्त अष्टमी, नक्षत्र मूल १८ः१८, उप्रान्त पूर्वषाढा । चन्द्रमाराशि धनु, सूर्योदय ५ः५९ र सूर्यास्त ५ः४४ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय उत्तमखालको छ । धार्मिक सभा समारोहमा सरिक भइएला । समाजका गन्यमान्य व्यक्तिसित भेट होला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला । नया कार्य व्यवसायप्रति निकै आकर्षण बढ्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

वस्त्र तथा आभूषण प्राप्त हुनेछ । पारिवारिक जीवनमा खुशीयाली छाउला । मिष्ठान्न भोजन प्राप्त होला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सेवामूलक कार्यक्रममा संलग्न भइएला । जागिरमा बढुवा तथा स्थानान्तरण हुनेछ । मन प्रसन्न रहला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अध्ययन–अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाइसित भेट होला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो
गरेको काममा ढिलासुस्ती हुनेछ । महत्वपूर्ण सामान हराउन सक्छ । विश्वास गरिएका व्यक्तिबाट धोका होला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय उत्तमखालको छ । मनका इच्छा आकाङ्क्षा पूर्ण हुनेछन् । शुभकामको चर्चा चल्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

विशिष्ट व्यक्तिसगको भेटघाटले मन प्रसन्न बन्नेछ । लामो समयदेखि रोकिएका कामकाज सुचारु हुनेछन् ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
वस्त्र तथा आभूषण प्राप्त हुनेछ । परिवार मा नया सदस्यको आगमन होला । लाभदायी यात्राको अवसर मिल्ला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
समय सामान्यखालको छ । बन्न लागेको काममा बाधा व्यवधान आइपर्न सक्छ । बोल्दा निकै विचार पु¥याउनु होला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
नया वस्त्र तथा आभूषण प्राप्त हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । मन प्रसन्न बन्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
वाहन लाभ हुने समय छ । काम गर्ने जोश, जागर बढ्ला । सजिलै अर्काको मन जित्न सफल भइएला ।