एजेन्सी, मुम्बई/ बलिउडका हिट मेशिन अक्षय कुमार सधैं लिकबाट हटेर फिल्म गर्न विश्वास गर्छन् । उनले ‘ट्वाइलेट : एक प्रेम कथा’ जस्तो फिल्म गरेर दर्शकलाई चकित बनाए भने ‘हाउसफुल’ जस्तो फिल्ममा पनि देखिए । चाँडै उनको नयाँ फिल्म ‘हाउसफुल ४’ प्रदर्शनमा आउँदैछ । यसबीच, उनको नयाँ फिल्म ‘लक्ष्मी बम्ब’ को फस्टलुक सार्वजनिक भएको छ ।

निर्माण टिमले सार्वजनिक गरेको तस्बिरमा अक्षय माता दुर्गाको प्रतिमाको अगाडि उभिएका छन् र रातो साडीमा देखिएकी छन् । भने, सिउँदोमा रातो सिन्दूर र हातमा रातो चुरा लगाएका छन् । अक्षयले तस्बिर सेयर गर्दै लेखेका छन्, ‘नवरात्रिको अवसरमा म आफ्नो फिल्ममा आफ्नो लक्षमीको लुक सेयर गर्दैछु । म यो फिल्मलाई लिएर निकै उत्साहित छु ।’

उनले फिल्मलाई लिएर आफू नर्भस पनि रहेको बताएका छन् । उनी अगाडि लेख्छन्, ‘जिन्दगी तब सुरु हुन्छ जब हामी आफ्नो कन्फर्ट जोनबाट बाहिर निस्कन्छौं, हो कि होइन ?’ यो फिल्म सन् २०२० को इदमा रिलिज हुनेछ । यो दिन बलिउड सुपरस्टार सलमान खानको फिल्म ‘किक २’ पनि रिलिज हुनेछ । बक्सअफिसमा कसको पल्लाभारी होला ? हेर्न बाँकी छ ।

‘लक्ष्मी बम्ब’ मा अक्षयको अपोजिटमा अभिनेत्री कियारा आडवाणी देखिनेछन् । त्यस्तै, अभिनेता अमिताभ बच्चन फिल्ममा ट्रान्सजेन्डर भूतको भूमिका निभाउँदैछन् । फिल्ममा तुषार कपूर र आर माधवनको पनि अभिनय रहननेछ । यो फिल्म तमिल फिल्म ‘कन्चना’ को हिन्दी रिमेक हो । तमिल फिल्मका निर्देशक राघव लरेन्सले नै यसको रिमेक बनाउँदैछन् ।

साभारः फिल्मीखबरबाट