उदयपुर/ पछिल्लो समयमा आएर उदयपुरमा बलात्कारका घटना भयावह रूपले बढ्दै गएको एक तथ्याङ्कले देखाएको छ । बालिका बलात्कारको कसूरमा जिल्ला प्रहरी कार्यालय उदयपुरमा दर्ता भएका तीन वर्षको तथ्याङ्कले बलात्कार भयाभव रूपले बढ्दै गएको देखाएको हो ।

प्रहरी सामु नपुगेका घटना छन् या छैनन् ? भए कति छन् ? कुनै निकाय वा कसैलाई थाहा छैन । तर प्रहरीमा मुद्दा दर्ता भएका बलात्कारका घटना भयावह देखिन्छ ।

प्रहरीमा दर्ता भएका तीन वर्षको तथ्याङ्कमा एक सय १० बलात्कारका घटनाका मुद्दा दर्ता भएको देखिएको छ । बलात्कारमा आफन्त, बिरामी, अपाङ्गता भएका, गर्भवती, ७ वर्षीया बालिकादेखि हजुरआमासम्म परेको तथ्याङ्कले देखाएको छ ।

आर्थिक वर्ष २०७३/७४ मा १६ वटा, २०७४/७५ मा ३१ वटा, २०७५/७६ मा ३९ वटा घटना घटेको जिल्ला प्रहरी कार्यालय उदयपुरको तथ्याङ्कले देखाएको छ । चालू आर्थिक वर्षको दुई महिनामा ५ वटा बलात्कारको घटना घटेको तथ्याङ्कले देखाएको छ ।