धरान/ नेपालीमूलकी अस्मिता आले इङ्ल्याण्डको महिला अण्डर–१९ को राष्ट्रिय टिममा पर्न सफल भएकी छन् ।

सात वर्षको उमेरदेखि नै एस्टन भिल्लामा आबद्ध भएकी १७ वर्षीया आले युइएफए महिला अण्डर १९ च्याम्पियनसिपको छनौट प्रतियोगिताका लागि टिममा परेकी हुन् । उनले सेण्टर ब्याक खेल्दै आएकी छन् ।

नेपालीमूलबाट पहिलो पटक उनको उमेर समूहमा राष्ट्रिय टिममा पर्ने उनी पहिलो खेलाडी हुन् । अण्डर १७ मा पनि यसअघि उनी इङ्ल्याण्डको जर्सीमा खेलिसकेकी थिइन् ।

त्यो बेला उनले इटाली, स्पेन र जापानविरुद्धको खेलमा आफ्नो उपस्थिति देखाएकी थिइन् । उमेर समूहमा उत्कृष्ट प्रदर्शन गर्न सफल आले एस्टन भिल्लाको पहिलो रोजाइमा परेकी थिइन् ।

इङ्लिस प्रिमियर लिग क्लब एस्टन भिल्लामा भर्ना भएकी थिइन् । युरो छनौट अन्तर्गत इङ्ल्याण्डले साइप्रसविरुद्ध पहिलो खेल खेलेको थियो । त्यसमा उनलाई सामेल गराइएको थिएन ।

८–० ले विजयी बनेको इङ्ल्याण्ड शनिबार बेलारुस र मङ्गलबार सर्वियासँग भिडन्त गर्दै छ । तनहुँ घर भएका क्वीन्स गोर्खा सिग्नलका अमृत आलेका सन्तान हुन् । आगामी दिनमा इङ्ल्याण्डको राष्ट्रिय टिमबाट खेल्ने लक्ष्य राखेकी छन् ।