श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११३९, वि. सं. २०७६ साल आश्विन १७ गते शुक्रबार, ०४ अक्टोबर २०१९ । आश्विन शुक्लपक्षको षष्ठी तिथि १४ः२५ बजेसम्म, उप्रान्त सप्तमी, नक्षत्र ज्येष्ठा १७ः५१, उप्रान्त मूल । चन्द्रमाराशि वृश्चिक, सूर्योदय ५ः५८ र सूर्यास्त ५ः४५ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय सामान्यखालको छ । पारिवारिक जीवनमा केही समस्या आइपर्न सक्छ । दिनको उत्तराद्र्धतिर दिन शुभ छ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
कला तथा साहित्यको क्षेत्रमा मन जानेछ । अवरुद्ध रहेका कामकाज सुचारु हुनेछन् । रमाइलोमा दिन बित्ला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
नया“ उद्योग वा रचनात्मक कार्यक्रममा संलग्न भइएला । उचित मान सम्मान मिल्ला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
धर्म तथा समाज सेवामा मन लाग्नेछ । माया –प्रेमको सम्बन्ध विस्तार होला । शुभसमाचार सुन्न पाइएला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
ठेक्का–पट्टा तथा पर्यटन व्यवसायमा मन जानेछ । अवरुद्ध रहेका कामकाज सुचारु हुनेछन् । मन प्रसन्न बन्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय सामान्यखालको छ । कार्य सम्पादन तथा केही समस्या आइपर्न सक्छ । विश्वास पात्रबाट धोका होला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय सामान्यखालको छ । शिर तथा आँखासम्बन्धी समस्याले निकै सताउला । आर्थिक सङ्कट आइपर्ला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला । बिछोडिएका साथीभाइसित रमाइलो भेटघाट होला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । माया–प्रेमको सम्बन्ध विस्तार हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अध्ययन–अध्यापनमा सफलता मिल्ला । जागिरमा बढुवा तथा स्थानान्तरण हुनेछ । शुभसमाचार सुन्न पाइएला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
नयाँ कार्यव्यवसायको शुभारम्भ हुनेछ । सामाजिक कार्यक्रममा संलग्न भइएला । नपत्याएका व्यक्तिबाट सहयोग मिल्ला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
जग्गा–जमिन तथा वाहन खरिद हुनेछ । परिवारमा नयाँ सदस्यको आगमन होला । रमाइलोमा दिन बित्ला ।