श्री शालिवाहनीय शाके १९४१ वि.सं. २०७६ साल ने. सं. ११३९ आश्विन १६ गते बिहीबार, ३ अक्टोबर २०१९ । आश्विन शुक्लपक्षको पञ्चमी तिथि १५ः१२ बजेसम्म उप्रान्त षष्ठी, नक्षत्र अनुराधा १७ः५३ बजेसम्म, उप्रान्त ज्येष्ठा चन्द्रमाराशि वृश्चिक, सूर्योदय ५ः५७ र सूर्यास्त ५ः४७ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला । कार्य व्यवसायमा सफलता प्राप्त हुनेछ । मिष्ठान्न भोजन प्राप्त होला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
पठन–पाठन तथा लेखन कार्यमा मन जानेछ । जागिरमा बढुवा तथा स्थानान्तरण होला । मन प्रसन्न बन्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
जग्गा–जमिन तथा वाहन खरिद होला । पारिवारिक जीवनमा खुशीयाली छाउला । अतिथि आगमन होला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कला तथा साहित्यको क्षेँत्रमा रुचि बढ्नेछ । बिछोडिएका साथीभाइहरूसित रमाइलो भेटघाट एवम् खानपिन हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
समय उत्तमखालको छ । सेवामूलक कार्यक्रम संलग्न भइएला । वैदेशिक क्षेत्रको काममा सफलता मिल्ला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
शिर तथा नशासम्बन्धी समस्याले निकै सताउला । आर्थिक सङ्कट आइपर्न सक्छ । बोल्दा विचार पु¥याउनु होला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय सामान्यखालको छ । कार्य व्यस्तताले परिवारमा समय दिन नपाइएला । शरीर अस्वस्थ महसुस हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
जग्गा–जमिन तथा वाहन खरिद हुनेछ । नयाँ तथा रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला । मन प्रसन्न बन्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सेवामूलक कार्यक्रममा संलग्न भइएला । जागिरमा बढुवा तथा स्थानान्तरण हुनेछ । शुभसमाचार सुन्नमा आउला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
समय उत्तमखालको छ । राजनैतिक क्षेत्रमा तपाईंको उच्च स्थान रहला । वैदेशिक यात्राको अवसर मिल्ला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अवरुद्ध रहेका कामकाज सुचारु हुनेछन् । नपत्याएका व्यक्तिहरूबाट उचित सहयोग प्राप्त भइरहला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
वस्त्र तथा आभूषण प्राप्त हुनेछ । पारिवारिक जीवनमा खुशीयाली छाउला । मन प्रसन्न बन्नेछ । यात्रा सफल होला ।