धरान / धरान उपमहानगरपालिका–१५ स्थित मिलन चोकमा डेरा गरी बस्ने युवाहरु कुटाकुट गर्दा एक घाइते भएका छन् ।
साथीहरु विच एक आपसमा झगडा हुदा सन्तोष लिम्बू घाइते भएको प्रहरीले जनाएको छ ।

झगडामा नुवाकोटका आशिष भुजेल, शिव भुजेल, सुदिप भुजेल, ओखलढुङगाका पृथ्वी राई, बाबुराम थिङ संलग्न भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । उनीहरुले मादक पदार्थ पिएर आपसमा कुटाकुट गरेको डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए ।

घट्ना असोज १४ गते विहानको हो । युवाहरु खोलामा ट्रिपरको लागि बालुवा, ढुंगा लोड गर्ने काम गर्ने गरेको प्रहरीले जनाएको छ । उनीहरु एउटै घरमा बस्दै आएका थिए ।
कुटाकुटामा लिम्बूको टाउकोमा चोट लागेको छ । उनको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको डिएसपी न्यौपानेले जानकारी दिए । अन्यलाई प्रहरीले हिजो नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।