इटहरी/ इटहरीमा मङ्गलबार दिउँसै गुण्डागर्दी गर्दै खुकुरी मान्छे काट्न लखेटीरहेको अवस्थामा ४ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यलय इटहरीले खुकुरी आतंक मच्चाउने ४ जनालाई पक्राउ गरेको हो ।

इटहरी-९ स्थित सुबिसु केवल नेटवर्कको कार्यालय नजिकै खुकुरी प्रहार गर्न लाग्दा मंगलबार दिउँसो ४ जनालाई पक्राउ गरेको हो । झण्डै ६ जनाको समुहले इटहरी १० का सागर तामाङलाई लखेट्दै खुकुरी प्रहार गर्न लाग्दा उनीहरु पक्राउ परेका हुन् ।

‘गुण्डागर्दी तरिकाले लखेट्दै गरेको सूचनाका आधारमा पक्राउ गरेको इलाका प्रहरी कार्यलय इटहरीका डिएसपी धर्मराज भण्डारीले बताए । इटहरी-८ का अनिष सुवेदी, दोर्जे वाईबा, शिशिर बस्नेत र बोकी घिमिरेलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

इटहरीका टोले गुण्डा अबिनाश लिम्बु पक्राउ
इटहरीमा गुण्डागर्दी गरी मानिसहरुलाई डर, धाक, धम्की देखाई पैसा उठाउने लगायतका कार्य गदै आएको भन्दै इटहरी-६ का अबिनाश लिम्बु पक्राउ परेका छन् । विभिन्न अपराधिक घट्नामा समेत संलग्न हुन सक्ने अनुसन्धानबाट देखिएको छ । निज यस भन्दा अगाडी ज्यान मार्ने उधोग मुद्दामा १ लाख धरौटी राखी तारेखमा छुटेका थिए ।