श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११३९, वि. सं. २०७६ साल आश्विन १५ गते बुधबार, ०२ अक्टोबर २०१९ । आश्विन शुक्लपक्षको चतुर्थी तिथि १६ः२४ बजेसम्म, उप्रान्त पञ्चमी, नक्षत्र विशाखा १८ः२१, उप्रान्त अनुराधा । चन्द्रमाराशि तुला, सूर्योदय ५ः५७ र सूर्यास्त ५ः४८ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय सामान्यखालको छ । पारिवारिक जीवनमा केही समस्या आइपर्न सक्छ । अनावश्यक काममा फसिएला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सेवामूलक कार्यक्रममा संलग्न भइएला । समाजका गन्यमान्य व्यक्तिसित रमाइलो भेटघाट होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
अध्ययन–अध्यापनमा मन जानेछ । जागिरमा बढुवा तथा स्थानान्तरण होला । शुभसमाचारले मन प्रसन्न बन्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
धार्मिक सभा समारोहमा सरिक भइएला । समाजका विशिष्ट व्यक्तिसित रमाइलो भेटघाट होला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
समय उत्तमखालको छ । नयाँ कार्य व्यवसायमो शुभारम्भ हुनेछ । मातृपक्षको विशेष सहयोग मिल्ला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सेवामूलक कार्यक्रममा संलग्न भइएला । नयाँ तथा रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
दैनिक कार्य व्यवसायमा सफलता मिल्ला । रोकिएका कामकाजहरू सुचारु हुनेछन् । रमाइलोमा दिन बित्ला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
बिछोडिएका परिवारजनसित भेटघाट हुनेछ । प्राविधिक कार्यक्रममा सफलता मिल्ला । दिन शुभ छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
समय सामान्यखालको छ । बहुमूल्य वस्तु हराउन सक्छ । विश्वासपात्रबाट धोका हुनेछ । शरीर अस्वस्थ रहला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अध्ययन–अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाइसित भेट होला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अवरुद्ध रहेका कामकाजहरू सुचारु हुनेछन् । नपत्याएका व्यक्तिबाट उचित सहयोग मिल्ला । मन प्रसन्न बन्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
कार्य व्यवसायमा सफलता मिल्ला । नया“ तथा रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला । मन प्रसन्न बन्नेछ ।