धरान / प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरामाथि यौनदुराचारको गम्भीर आरोप लगाएको भनिएकी संसद सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीले सभामुख महराले आफूमाथि कुनै पनि दुर्व्यवहार नगरेको भनी नागरिकखवरलाई समाचार दिएकि छन् ।
उनले आफूले डिप्रेसनको औषधी सेवन गरिररहेको र कर्मचारी समायोजनको क्रममा चाहेको ठाउँमा नपर्दाको रिसले आफूले आवेगमा आएर गलत आरोप लगाएको प्रष्ट पारेकीछन् । भिडियो अन्तर्वार्ता दिदैं उनले आइतबार साँझ आफ्नो कोठामा कोही पनि नआएको र सभामुख महरासँग लामो समयदेखि भेटघाटसमेत नभएको बताइन ।

शाहीले महरा आफ्नो बुवा सरहको मानिस भएको बताएकी छन् । उमेर पनि बाबु सरह भएको बताएकिछन् । उनले महरा गरेको विषयमा उनले कर्मचारी समायोजनमा चाहेको ठाउँमा नभएको नआत्तिन भनेर फोन गरेको पनि बताइकीछन् । उनले कसैको व्यक्तिगत जीवनको बारे पत्रकारहरुलाई खोजी नगर्न आग्ह गदैं भिडियोमा भनेकीछिन–‘पानी परेर विजोग छ । बाटो विग्रिएको छ । त्यो खोज्नु नी पत्रकारले व्यक्तिगत कुरा किन खोज्नु पर्ने ।’
उनले ८ बर्षदेखि डिप्रेसनको औषध खाएको बताएकीछन् । कोठामा भेटिएको चस्मा र जुत्ता सभामुख महराको नभएर आफ्नो श्रीमन्को भएको बताएकीछन् ।

महरा सभामुखको जिम्मेवारीमा फर्कने
नैतिकताको आधारमा पदबाट राजिनामा दिएका कुष्णबहादुर महरा सभामुखको जिम्मेवारीमा फर्कने महराका प्रेस सल्लाहकार डिल्ली मल्लले बताएका छन् । महराको राजिनामाबारे विभिन्न प्रश्न उठिरहेका बेला मल्लले समाजिक सञ्जालमार्फत यस्तो बताएका छन् ।

प्रेस सल्लाहकार मल्लले महराको राजिनामाको निर्णयबाट कोही पनि आत्तिनुपर्ने वा खुशी हुनु पर्ने कारण नरहेको बताएका छन् । यी सबै कपोलकल्पित र भ्रामक आरोपहरूबाट मुक्त भएर सम्माननीय सभामुखको जिम्मेवारीमा फर्किने उनको भनाई छ ।