काठमाडौं यौन दुराचारको आरोप लागेका सभामुख कृष्णबहादुर महराले राजीनामा दिएका छन् । उनले उपसभामुखसमक्ष राजीनामा पत्र अहिले भरखरै बुझाएका छन् । आफूमाथि लागेको गम्भीर आरोपबारे सत्यतथ्य छानविनका लागि अनुसन्धानमा सहज होस् भनेर नैतिकताका आधारमा छानविन अवधी भरका लागि राजीनामा दिएको उनको राजिनामा पत्रमा उल्लेख छ ।

केही बेर अघि मात्र नेकपाको सचिवालय बैठकले सभामुखलाई राजिनामा गर्न निर्देशन दिएको थियो ।
महरामाथि संसद सचिवालयकै महिला कर्मचारीले यौन दुर्व्यवहारको आरोप लगाएकी छन् । महराले भने आरोप अस्वीकार गर्दै आएका थिए ।

mahara