श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११३९, वि. सं. २०७६ साल आश्विन १४ गते मङ्गलबार, ०१ अक्टोबर २०१९ । आश्विन शुक्लपक्षको तृतीया तिथि १८ः०० बजेसम्म, उप्रान्त चतुर्थी, नक्षत्र स्वाती १९ः१२, उप्रान्त विशाखा । चन्द्रमाराशि तुला, सूर्योदय ५ः५७ र सूर्यास्त ५ः४९ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
धन आर्जनका नयाँ स्रोतहरू फेला पर्नेछन् । नपत्याएका व्यक्तिबाट उचित सहयोग मिल्ला । मन प्रसन्न बन्नेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अध्ययन–अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । मित्रजनसित भेट होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
धर्म–कर्म तथा समाज सेवामा मन जानेछ । राजनैतिक निकायमा तपाईको उच्च स्थान रहला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
माया–प्रेमको सम्बन्ध विस्तार हुनेछ । कार्य व्यवसायमा सफलता मिल्ला । लाभदायी यात्रामा सरिक भइएला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
समय उत्तमखालको छ । ठेक्का–पट्टा तथा तत्जन्य कार्य व्यवसायमा मन जानेछ । अवरुद्ध रहेका कामकाज सुचारु हुनेछन् ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
शरीर अस्वस्थ रहला । बन्न लागेको काममा बिघ्न बाधा आइपर्ला । दिनको उत्तराद्र्धतिर शुभसमाचार सुन्न पाइएला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
धार्मिक सभा सम्मेलनमा संलग्न भइएला । समाजका गन्यमान्य व्यक्तिहरूसित रमाइलो भेटघाट हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
समय सामान्यखालको छ । कार्य व्यवसायमा केही समस्या आइपर्न सक्छ । अनावश्यक कामको झन्झटमा फसिएला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
ठेक्का–पट्टा तथा पर्यटन व्यवसायमा मन जानेछ । अवरुद्ध रहेका कामकाज सुचारु हुनेछन् । दिन राम्रो छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
जग्गा–जमिन तथा वाहन खरिद हुनेछ । पारिवारिक जीवनमा खुशीयाली छाउला । शुभसमाचारले मन प्रसन्न बन्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अध्ययन–अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । मिष्ठान्न भोजन प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समय उत्तमखालको छ । राजनैतिक निकायमा तपाईको उच्च स्थान रहला । लाभदायी यात्रामा सरिक भइएला ।