बिर्तामोड / झापा प्रहरीले अर्जुनधारा–१ बाट ठूलो परिणाममा विष्फोटक पदार्थ बरामद गरेको छ । प्रहरीले बरामद गरेको विष्फोटक पदार्थ नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताले राखेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्र श्रेष्ठ अनुसार जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय बिर्तामोडको संयुक्त प्रहरी टोलीले बिष्फोटक पदार्थ बरामद गरेको हो । अर्जुनधारा नगरपालिका–१ स्थित एक घरमा भण्डारण गरी राखेको विष्फोटक पदार्थ बरामद भएको श्रेष्ठले बताए । प्रहरीका अनुसार बमका लागि आवश्यक निओजेल नाइन्टी (हाइ एक्सप्लुसिभ) लगायतका वस्तु बरामद भएको छ । बरामद गरिएको विष्फोटक पदार्थ इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ ।