धरान / मोरङको बिराटनगर १३ झमेली चोकबाट लागुऔषधसहित धरानका २ जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुलाई शनिबर राती ११ बजे सिआरभि जतुवाबाट खटिएको प्रहरी टोलीले उक्त चोकमा पैदल हिडिरहेका बेला पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धरान – ८ का ४६ बर्षीय पूर्णबहादुर तामाङ र धरान ११ का ४१ बर्षीय सुवास राई रहेका छन् ।
संका लागि चेकजाच गर्दा उनीहरुको साथबाट डाइजोल्याप ११० एम्पुल, लुपिजेसिक ११० एम्पुल र एभिल ११० एम्पुल बरामद गरेको १ नं प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । पक्राउ परेकाहरुलाई आज जिल्ला अदालत मोरङमा म्याद थप गरि अनुसन्धान शुरु गरिने प्रहरीले जनाएको छ ।