पथरीशनिश्चरे / युवा साहित्यकार एवम् चलचित्र निर्देशक प्रकाश आङदेम्वेसँग मोरङको लेटाङमा सपना, सिर्जना र संवाद विषयक उत्प्रेरणा तथा अन्तरक्रिया कार्यक्रम भएको छ ।

लेटाङ पुस्तकालयले लेटाङ नगरपालिकाको हलमा आयोजना गरेको कार्यक्रममा झापा दमकका आङदेम्वेले आफुले भोगेका जीवन संघर्षका कथा, देश विदेशमा प्राप्त गरेको साहित्य र चलचित्रको अनुभव सहितको उत्प्रेरणात्मक अभिव्यक्ति दिएका छन् । उनले चिन्तनलाई व्यवहारमा उतार्नका लागि सृजनशीलताको उत्प्रेरणा आवश्यक रहेको चर्चा गरे ।

प्रभावकारी अभिव्यक्ति दिने क्रममा आफ्नो निर्देशनको शरणार्थीको विषयको चलचित्र ‘देश खोज्दै जाँदा’ धेरै वटा देशमा प्रदर्शन भइरहेको र विदेशको प्रतिष्पर्धामा पुरस्कृत समेत भएको पनि सुनाए । त्यहाँ सहभागि युवा पुस्ताले उनीसँग अन्तरक्रिया समेत गरेका थिए ।

सो अवसरमा उहाँले आफ्ना १ दर्जन चोटिला रुवाई प्रस्तुत गरे । उनका समकक्षी भूपेन्द्र तिम्सिना, याम थुलुङ, कृष्ण काश्यप तथा लेटाङका प्रतिनिधिमुलक सर्जकले आफ्ना रचना समेत वाचन गरेका थिए ।