श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११३९, वि. सं. २०७६ साल आश्विन १२ गते आइतबार, २९ सेप्टेम्बर २०१९ । आश्विन शुक्लपक्षको प्रतिपदा तिथि २२ः०३ बजेसम्म, उप्रान्त द्वितीया, नक्षत्र हस्ता २१ः४६, उप्रान्त चित्रा । चन्द्रमाराशि कन्या, सूर्योदय ५ः५६ र सूर्यास्त ५ः५१ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय उत्तमखालको छ । धार्मिक तथा सामाजिक कार्यक्रममा संलग्न भइएला । ठूला व्यक्तिसित भेट होला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अध्ययन–अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । मित्रमिलन होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मुद्दा–मामिलामा तपाईको विजय हुनेछ । नपत्याएका व्यक्तिबाट उचित सहयोग मिल्ला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
समय राम्रो छ । अँम्दानीका नयाँ स्रोतहरू फेला पर्नेछन् । घरपरिवारमा धार्मिक तथा माङ्गलिक कार्यक्रम होला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
नयाँ तथा रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला । कार्य व्यवसायमा सोचेभन्दा राम्रो उपलब्धि हासिल हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय सामान्यखालको छ । चोटपटक तथा दुर्घटनाको भय हुनसक्छ । सवारी साधनको प्रयोगमा सावधानी अपनाउनु होला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
धार्मिक तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाइसित रमाइलो भेटघाट होला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
समय उत्तमखालको छ । धन आर्जनका नयाँ स्रोतहरू फेला पर्नेछन् । अवरुद्ध रहेका कामकाज सुचारु हुनेछन् ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
कला तथा साहित्यको क्षेत्रमा मन जानेछ । मिष्ठान्न भोजन प्राप्त हुने समारोहमा सरिक भइएला । मन प्रसन्न रहला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
नयाँ कार्य व्यवसायको शुभारम्भ हुनेछ । महिला मित्रको विशेष सहयोग मिल्ला । लाभदायी यात्रामा सरिक भइएला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । पारिवारिक जीवनमा खुशीयाली छाउनेछ  ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
जग्गा–जमिन तथा वाहन खरिद होला । नयाँ तथा रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला । मन प्रसन्न हुनेछ ।