भद्रपुर / मादक पदार्थ सेवन गरी यात्रु वाहक बस चलाएको आरोपमा बस चालक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बस चालक झापा कनकाई नगरपालिका ४ का ३३ वर्षीय पुन्यप्रसाद सिटौला रहेको प्रहरी कार्यालय झापाले जनाएको छ
पूर्व पश्चिम राजमार्ग अन्तरगत मेचीनगर नगरपालिका १३ स्थित चारआली चोकमा प्रहरीको विशेष चेकिङ टोलीले उनलाई पक्राउ गरेको जिल्लाका डिएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
काकँडभिट्टाबाट नारायणघाटतर्फ जादै गरेको ना ५ को ४८८१ नम्बरको बसभित्र सवार यात्रुहरुको ज्यान जोखिममा पारेर बस चालक सिटौलाले मापसे गरेर बस चलाई रहेको प्रहरीले फेला पारेको श्रेष्ठले बताए । चालक सिटौलालाई मुलुकी अपराध संहिता ऐन २०७४ को परिच्छेद ५ को दफा १८ बमोजिम सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुबिधा र नैतिकता बिरुद्धको कसुर अन्तर्गत अभद्र ब्यवहार गर्न नहुने मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालय झापाबाट ७ दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय धुलाबारीमा राखिएको प्रहरीले जनाएको छ ।