ताप्लेजुङ । ताप्लेजुङमा फागुन ९ देखि १३ गतेसम्म पाथिभरा म्याराथन तथा मेची पर्यटन महोत्सव मनाइने भएको छ । बिहिबार फुङलिङ बजारमा बसेको जिल्लास्थित सरोकारवालाको बैठकले शिवरात्री तथा सेना दिवसको अवसर पारेर महोत्सव गर्ने निर्णय गरेको हो ।

पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा संवद्र्धन समितिका अध्यक्ष तारानाथ घिमिरेको अध्यक्षतामा मुल समारोह समिति गठन गरिएको छ । सहअध्यक्ष पाथीभरा क्षेत्र विकास समितिबाट रहने छन् । त्यस्तै दुवै समितिको संयुक्त बैठकले सचिवालय गठन गर्ने निर्णय भएको उद्योग वाणिज्य संघका अधिकृत भिष्मराज बरालले बताए ।