भण्टाबारी । सशस्त्र प्रहरीले लागूऔषध सहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारतीय बजारबाट अवैध रूपमा प्रतिबन्धित लागूऔषध साइकलमा नेपालतर्फ ल्याउदै गरेको अवस्थामा भारतीय नागरिक लाई पक्राउ गरेको बिओपी लौकहीले जनाएको छ ।

सशस्त्र प्रहरी बल बिओपी लौकहीबाट इन्स्पेक्टर भुपेन्द्रकाजी निरौला नेतृत्वको टोलिले बिहीबार भारत जिल्ला अररिया बेलाग्राम पन्चायत ९ भैरवगंज बस्ने २५ वर्षका ममताज मन्सुरीलाई नियन्त्रणमा लिएको हो । मन्सुरीको साथबाट प्रतिबन्धित १७ बोतल डाइलेक्स डिसि, जे वन कम्पनीको एकथान मोबाइल, साइकल सहित केही रुपैयाँ बरामद गरिएको इन्स्पेक्टर भुपेन्द्रकाजी निरौलाले जानकारी दिए ।

गस्तीमा खटिएको सशस्त्र प्रहरीको टोलिले सुनसरीको भोक्राहा नरसिंह गाउँपालीका ६ स्थित ईसराइल कामतबाट नियन्त्रणमा लिई मन्सुरीलाई आवश्यक कानुनी कारबाहीको लागि नेपाल प्रहरीको जिम्मा लगाएको उनले बताए ।