धरान  / धरान उमनपा वडा नं ९ , गौतमपथ स्थित बिमल श्रेष्ठ संचालक रहेको अप एरो नामक कपडा पसलमा कपडा खरिद गर्न गएका १९ पुजन लिम्बुलाई छुरी प्रहार गर्ने एक युवालाई प्रहरीले आज विहान पक्राउ गरेको छ । लिम्बु धरान–१९ का वडा अध्यक्ष पूर्ण लिम्बुका छोरा हुन ।

 पसलमा कपडा हेरी रहेका बखत धरान– ९ गौतमपथ बस्ने २५बर्षीय अब्दुल भन्ने कलाम मिंयाले कपडा  काट्ने कैचीले निज पुजनको दाहिने , बाया तर्फको कोखा र पछाडी ढाडको भागमा ३ ठाँउमा प्रहार गरी गम्भीर घाइते बनाएका थिए । कपडा पसलमा विभाग भएको बताइएको छ । 

 घटनास्थलबाट भागी फरार रहेको सुचना प्राप्त हुनासाथ खोजतलाश र अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय धरानको टोली परिचालित हुदा आज विहान ८ बजे धरान–२ भानुचोकमा लुकिछिपि बसेको अबस्थामा पक्राउ गरिएको इप्रकाका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए । 

मीया विरुद्ध ज्यान मार्ने उध्योगमा मुद्दा दर्ता प्रकृयामा रहेको प्रहरीले बताएको छ । घाइते पुजन लिम्बुको बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा गम्भीर अबस्थामा उपचार भै रहेको छ । उनको कोखाबाट आन्द्रा निस्किएको थियो । हिजो रातीले आकस्मिक कक्षमा शल्यक्रिया गरिएको प्रतिष्ठानले जनाएको छ । उनको हाल सर्जरी विभागमा राखिएको र उनी खतरामुक्त रहेको चिकित्सकले जनाएका छन् ।