इटहरी/ इटहरीमा तेस्रोलिङ्गी र समलिङ्गीले खुला आकासमुनि ग्राहकसँग यौनधन्दा गर्दै गरेको अवस्थामा पक्राउ परेका छन् ।

यौनधन्दा गराएको आरोपमा इटहरी प्रहरीले तीनजनालाई नियन्त्रणमा लिएको छ । बाटोमा हिँड्दै गरेका यात्रुहरूलाई यौन अफर गरेको आरोपमा उनीहरूलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी धर्मराज भण्डारीले बताए ।

देह व्यापारमा संलग्न हुनु पनि समलिङ्गीको बाध्यता रहेको एक तेस्रो लिङ्गीले बताए । खान, बस्न समेत समस्या भएको कारण यस्तो व्यवसायमा लागेको उनको भनाइ छ । मध्यरातसम्म इटहरी तथा आसपासमा यौनसम्पर्क गराउँदै हिँड्ने तीनजना तेस्रोलिङ्गीलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता विनोद शर्माले यौनधन्दा गराउने तेस्रोलिङ्गीहरूलाई समेत पक्राउ गरी कारबाही गरिने बताए ।

इटहरी चौक हुँदै बालग्राम तथा आसपासको क्षेत्रमा यौनजन्य गतिविधि गर्न नदिन प्रहरीले विशेष अभियान थालेको छ । राति ९ बजेपछि तेस्रोलिङ्गीहरूले युवाहरूलाई बाटैमा बोलाउने र मुखमैथुन गराउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।