ब्लाष्टखबर । लागुऔषध खैरो हेरोईन सहित इटहरीमा ३ जना पक्राउ परेका छन् ।

इटहरी उपमाहानगरपालिका वाडा नम्बर १२ बाट १ ग्राम १८० मिलिग्राम लागुऔषध खैरो हेरोईन सहित सोहि ठाउमा बसोबास गर्ने सुन्दरहरैचा नगरपालिका वाडा नम्बर ६ का ४९ वर्षीय तिर्थबहादुर तामाङ, केराबारी गाउँपालिका वाडानम्बर ७ का २९ वर्षीय लालबहादुर कार्की र ३९ वरिबहादुर ठाडा मगरलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

विशेष सुचनाका आधारमा कार्यालयबाट खटिएको टोलीले लागुऔषधसहित पक्राउ गरेको उनिहरुमाथि थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।