बिर्तामोड । बिर्तामोडको शिखर बचत तथा ऋण सहकारी संस्थाले नबौ बर्ष प्रवेशको पुर्व सन्ध्यामा बिपन्न बर्गका ५० परिवारलाई खाद्यान्न र लत्ताकपडा वितरण गर्ने भएको छ ।
सहकारीले ‘चाडपर्वमा कसैले फैलाउनु नपरोस हात, यसपालीको दशैंमा शिखर सहकारीले दिन्छ तपाईँहरुलाई साथ’ भन्ने नारासहित खाद्यान्न तथा लत्ताकपडा वितरण गर्न लागेको हो । ९ बर्ष प्रवेशको पुर्वसन्ध्यामा साताब्यापी रुपमा सामाजिक गतिविधि सञ्चालन गरिने तयारी गरेको अध्यक्ष दिपेन्द्र राउतले जानकारी दिए ।

सहकारीले असोज ११ गते बिर्तामोडमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । १५ गते खाद्यान्न र लत्ताकपडा वितरण, वितरण, दुर्घटना न्युनिकरणका लागि अभियान लगायतका कार्यक्रम अघि सारेको राउतले बताए । उनले सामाजिक उत्तरदायित्व अन्तर्गत सदस्य लगायत समुदायको हितमा अन्य कार्यक्रम समेत आयोजना गरिने जानकारी दिए ।

रोजगारीको सृजना, युवाहरुलाई उद्यमशिलतामा सहभागिता मार्फत छरिएर रहेको पुँजीलाई एकिकृत गर्दै सहकारीले बचतको बिकास र ऋण लगानी गर्दै आएको छ । यसबर्ष शेयर पुँजी ४ करोड ७० लाख पुगेको छ भने बचत रकम ४८ करोड ४३ लाख र ५० करोड ८४ लाख ऋण लगानी रहेको जनाएको छ । सहकारीले यसबर्ष १ करोड बढी नाफा गरेको अध्यक्ष राउतले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ । सहकारीमा ७ हजार ८ सय जना सदस्य भइसकेको बताइएको छ ।

‘सरल र सुरक्षित बैंकिङ कारोबार अब तपाईँको हातमा’ भन्ने नारासहित सहकारीले मोवाईल एप्सको प्रयोग गरेर ब्यालेन्सबारे जानकारी, मिनी स्टेटमेन्ट जानकारी, चेक अनुरोध र चेक रद्द, एसएमएस बैंकिङ, टेलिफोन तथा बिजुलीको बिल भुक्तानी, फण्ड ट्रान्सफर लगायतको काम शुरु गरेको जनाइएको छ । यस्तै नेपालै पहिलो यस सहकारीले ‘कार्डलेस एटिएम’ शुरु गर्न लागेको जनाएको छ ।