भोजपुर । जिल्लामा स्वास्थ्य विमा गर्ने विमितको संख्या पुरुषको भन्दा महिलाको धेरै रहेको छ । सरकारले ल्याएको स्वास्थ्य विमा कार्यक्रम अन्र्तगत जिल्लामा विमा गर्ने विमित महिलाको सख्यामा बृद्धि भएको हो । जिल्लामा हाल सम्म विमा गर्ने विमितको संख्या २० हजार १ सय १४ पुगेको छ ।

जसमा पुरुषको भन्दा महिलाको संख्या बढि रहेको जिल्ला दर्ता अधिकारी रमेश दाहालले बताए । विमा गर्ने मध्य महिलाको संख्या १० हजार २ सय ७१ रहेको छ , भने पुरुषको संख्या ९ हजार ८ सय ३५ पुगेको छ ।

दर्ता अधिकारी दाहालका अनुसार आम्चोक गाउपालिकामा ३ हजार ३७ , अरुण गाउपालिकामा १७ सय ९० , भोजपुर नगरपालिकामा ५५ सय १८ , हतुवागढी गाउपालिकामा २१ सय ६१ जनाले विमा गरेका छन । यस्तै पौवादुम्मा गाउपालिकामा ८ सय ८३ , साल्पा सिलिछो गाउपालिकामा ९ सय ८४ , षडानन्द नगरपालिकामा २२ सय १८ र टेम्के मैयु गाउपालिकामा १७ सय ५४ जनाले विमा गरेका छन ।

एउटा परिवारले बार्षिक ३५ सय रुपैयामा पाच जनाको विमा गरे वापत एक लाख सम्मको निशुल्क स्वास्थ्य उपचार गर्न पाईने भए पछि जिल्लामा स्वास्थय विमा प्रति आर्कषण बढेको हो । ५ जना भन्दा बढि सदस्य रहेको परिवारले भने थप ७ सय तिरे बापत २० हजारका दरले निशुल्क स्वास्थ्य सेवा लिन पाईने स्वास्थ्य विमा बोर्ड भोजपुरले जनाएको छ ।