विराटनगर  / प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको नारावाजी र विराधेको वावजुद प्रदेश १ सभाबाट मनमोहन प्राबिधिक विश्वविद्यालय बिधेयक पारित भएको छ ।

काङ्ग्रेसले उक्त विधेयक फिर्ता लिन माग गदैं नियमित संसद अवरुद्ध गदैं आएको थियो । सोमबारको बैठममा सत्ता पक्षले पेलेर विधेयक पास गराएको छ । सभामुख प्रदीपकुमार भण्डारीले प्रतिपक्षको नारावाजी भइरहँदा प्रक्रिया सुरु गरेर बहुमतबाट विधेयक पारित गराए ।

काङ्ग्रेसले रोष्टम घेराउ गरेपछि सभामुखले मार्सल लगाएका थिए । सामाजिक विकास मन्त्री जीवन घिमिरेको प्रस्तावलाई निणयार्थ प्रस्तुत गर्दै विधेयक बहुमतले पारित गरिएको थियो । घिमिरेलाई रोष्टम जान छेक्ने प्रयास प्रतिपक्ष दल असफल भए पछि विधेयक पेस भइ पारित भएको हो ।

प्रदेश १ सरकारले मोरङको बुढीगंगा गाउँपालिका हात्तीमुडामा रहेको मनमोहन इन्स्टिच्युटलाई प्राविधिक विश्वविद्यालय बनाउन विधेयक पारित गराएको छ ।