धरान / होमस्टे (घरबास) पर्यटनमा आउने सबै पाउनाहरूलाई भम्रण बर्ष २०२० अबधिभर २० प्रतिशट छुट दिने भएको छ । होमस्टे एशोसियसन नेपाल प्रदेस नम्वर १को आज धरानमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
पर्यटकहरूलाई लोभ्याउन बिशेष अफरसहित पर्यटन बर्षमा सहयोग हुने गरी खाना वस्नमा २० प्रतिसत छुट दिने निर्णय भएको प्रदेश १ का अध्यक्ष विनोद गुरुङले जानकारी दिए । होमस्टेमा दिन प्रतिदिन स्वादेसी तथा विदेसी पाउनाहरूको घुईचो लाग्ने गरेको अवस्थामा पर्यटन बर्षमा अझ पर्यटकहरू होस्टेमा आउन भनेर यो अफर ल्याएकोअध्यक्ष गुरूडले जानकारी दिए । प्रदेश नम्वर १ को १४ वटा जिल्लामा ५७ वटा होमस्टे संचालनमा छन् । होमस्टेमा गएर अर्गानिक खाना, लोकल कुखुराको मासु, गुन्द्रुकको अचार अनि स्थानिय संस्कार र सस्कृतिमा रमाउनेहरू होमस्टेमा जाने अनि सस्तो र आरामदायी रात विताउने स्थान भएको हुँदा आजकाल युवा र बृद्धहरुको रोजाई होमस्टे बनेको भोजपुरको होमस्टे संचालक अनिता राईले वताइन ।
धनकुटाको डांडा बजार सामुदायिक होमस्टेमा होस वा संखुवासभाको सेकाहा सामुदायिक होमस्टेमा जो पाउना जान्छन १ दिन वस्न जाने पाउना थप २÷३ दिन वसेर आउने गर्दछ । होमस्टेमा विदेशी पाउनाहरूलाई कोदो रोपाउने, मकै गोडाउने, चिया टिपाउने जस्ता काममा लगाएर खुशी वनाइ आफुहरुको संस्कृति सिकाउने गरेको अनिताले बताइन ।
सरकारले भ्रमण बर्ष २०२० मा २० लाख पर्यटन ल्याउने महत्कांक्षी योजना सारेको छ भने सबै पर्यटकहरूलाई देश भरको होटलमा राख्दा करिब १३ लाख साना ठूला होटलमा राख्ने र बाकी ग्रामिण क्षेत्रको होमस्टेमा राख्ने योजना रहेको छ । सबै प्रदेश सरकारले आफ्नो सबै कर्मचारीलाई १५ दिन होमस्टेमा गएर छुट्टी मनाउनु पर्ने योजना अघिसारेको छ , यता गण्डकी प्रदेश सरकारले आफ्नो सबै कर्मचारीलाई होमस्टेमा बसेको होमस्टेको विल ल्याउन ५ दिनको छुट्टी मनाउन ९० लाख बजेट विनियोजन गरेको उद्योग वन वातावरण तथा पर्यटन मन्त्री विकास लम्साले वताए । यता प्रदेश १ सरकारले भ्रमणका लागि ६ दिन विदा दिने नीति तथा कार्यक्रममै समावेश गरेको छ ।