धरान  / इलाका प्रहरी कार्यालय धरानले हिजो राती लागु औषधसहित एक युवालाई धरानबाट पक्राउ गरेको छ । धरान–८ स्थित तिनकुनेमा चेकजाँचको क्रममा धरान–१७ का २० बर्षीय साजन श्रेष्ठले पक्राउ गरेको हो ।
बिराटनगरबाट धरान आउदै गरेको बसमा सवार निजले लगाएको सेतो टिसर्टले छोपी कम्मरको भागमा कालो रंगको पोलिथिन झोला भित्र अबैध लागु औषध नाइट्रोसन नाईट्रोसन १०० ट्याब्लेट फेला परेको इप्रका धरानका डिएसपी ढसण्डीराज न्यौपानेले जानकारी दिए । पक्राउ परेका श्रेष्ठमाथि थप अनुरन्धान भइरहेको प्रहरीले जनाएको छ ।