भोजपुर/ नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका भोजपुर जिल्ला सेक्रेटरी बम बहादुर विष्ट हतियारसहित पक्राउ परेका छन् ।

विष्ट आइतबार दिउँसो १ बजे भोजपुर नगरपालिका–१० भैसिपंखा स्थित गजुरमुखी भीर नजिकैको जंगलबाट पक्राउ परेका हुन । पक्राउ परेका विष्टको साथबाट २ थान अटोमेटिक ईटालियन पेस्तोल , प्लाष्टिक ह्याण्ड ग्रिनेड बरामद गरिएको प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले बताए ।

प्रजिअ खतिवडाका अनुसार विष्टको साथ बाट १ पेस्तोलमा ६ राउण्ड लोड गरिएको गोली र अर्को पेस्तोलबाट ४ राउण्ड लोड गरिएको गोली बरामद गरिएको छ ।

उन्को साथबाट १२ थान समिकार्ड ,२ वटा मोवाईल र पार्टीको दस्तावेज समेत फेला परेको छ । पक्राउ परेका विष्टलाई जिल्ला प्रहरी कार्यालय भोजपुरको हिरासतमा राखि अनुसन्धान थालिएको प्रहरी निरिक्षक पाण्डव कुमार राजवशीले बताए । विष्ट भोजपुरकै टेम्के मैयुङ वडा नम्बर ५ खावाका हुन ।