इनरूवा / पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टिकापुर घटनाका सबै झुटा मुद्दा खारेज हुने बताएका छन् । सुनसरीको झुम्कामा थारुकल्याणकारी सभा सुनसरीले आयोजना गरेको जितिया महोत्सवलाई सम्बोधन गदैं अध्यक्ष प्रचण्डले टिकापुर घट्नाबारे पार्टीभित्र सूक्ष्म रुपमा बहस चलेको र अव चाढै झुट्टा मुद्धा खारेज ीगर्ने प्रकृयामा रहेको बताए ।
‘जनमत पाएर निर्वाचित सांसदलाई स–सम्मान राजनीतिमा ल्याउने वातावरण छिटै बन्ने छ ।’–अध्यक्ष प्रचण्डले भने । थारु कल्याणकारिणी सभा सुनसरीले आयोजना गरेको जितिया महोत्सवमा नेकपाका प्रदेश संयोजक भीम आचार्य, कृषि तथा पशुपन्छी बिकास राज्य मंत्री रामकुमारी चौधरी, सांसद सीताराम मेहता, कार्यक्रम संयोजक तारा चौधरी, जिल्ला अध्यक्ष सुरेन्द्र चौधरीलगायतकाले मन्तव्य राखेका थिए । कार्यक्रममा थारु संस्कृति र परम्परा झल्कने झाँकी तथा नृत्य प्रस्तुत गरिएको थियो ।