मधुमल्ला /  पछिल्लो समय मान्छेको काज क्रियाको मिति छोट्याउने बहस चलिरहंदा मोरङ मिक्लाजुङका एक किसानले भने आफ्नै घरमा पालेको गाईको मृत्यु संस्कार सम्पन्न गरेका छन । मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. ३ टाँडीका किसान हेमलाल पौडेलले पालेको गाईको गत असोज २ गते बिहिबार मृत्यु भएको थियो ।
भखैरै व्याएको आठ दिनमात्र भएकोे लैनोगाईको मृत्यु भएपछी हिन्दु संस्कार अनुसार गाईको काजक्रिया गरिएको गाई धनी हेमलाल पौडेलले बताए । उन्नत जातको होलेष्टन जातको गाई थियो गाई सुत्केरी भएको आठ दिनमै म¥यो हेमलाले भने ।
गाईको जुठो बार्न हेमलाका दाजु माधबप्रसाद पौडेलले बसेको थिए । उनले गाईको तीन दिने मृत्यु संस्कार गरेका हुन । गाई व्याएको आठ दिनका दिनमा मरे पछि हिन्दु संस्कार अनुसार तीन दिनसम्म काजक्रिया गरिएको काजक्रिया गर्न बसेका माधबप्रसाद पौडेलले बताए । गएको असोज २ गते विहीबार राति गाई मरेको र धार्मिक संस्कार अनुसार बिहिबार काम सकिएको छ । हिन्दु धर्म अनुसार गाई लक्ष्मि माताको प्रतिकको रुपामा रहेको र आफुले पालेको लौनो गाई मरेपछि तीन दिन काजक्रिया गरिएको किसान पौडेलले जानकारी दिए । “गाई दाम्लो भन्दा बाहिर रहेको बेलामा मर्यो यदी दाम्लो लगाएकै बेलामा मरेको भए दश दिनसम्मै काम गर्नु पर्ने पौडेलले बताए । व्याएको आठ दिनको दिन गाई मरे पछि अहिले बाछोलाई भैसींको दुध खुवाई राखिएको हेमलाले बताए छ ।