विराटनगर /  पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघिय लोकतान्त्रीक गणतान्त्रीक व्यवस्थाप्रती कुनै खतरा नभएको बताएका छन् ।
विराटनगर विमानस्थलमा आइतबार संचारकर्मीसंग कुरागर्दै उनले अहिलेनै परिवर्तन र व्यवस्थाप्रती कुनै खतरा नभएको बताएका हुन् ।
परिवर्तका विरुद्ध अराजक र उच्श्रंखल गतिविधि भने देखिन थालेको भन्दै त्यसको प्रतीकार गर्न सरकार र सरकारमा रहेका राजनतिकद र सरकार वाहिर रहेका राजनितिकदल सहमत रहेको उनले बताए । प्रचण्डले संविधान र राज्य प्रणालीलाई दोष देखाएर उच्च श्रंखल गतिविधि गर्नेहरुलाई राजनितिक र सास्कृतिक वहसवाट परास्त गरिने बताए ।
उनले मन्त्रिमण्डल विस्तारको विषयमा आफूलाई नसोध्न आग्रह पनि गरे । ‘मलाई यो मन्त्रिमण्डलबारे नसोध्नुहोस् प्लिज । मलाई यसले हैरान पारेको छ,’ प्रचण्डले भने, ‘यो प्रधानमन्त्रीको कुरा हो । प्रधानमन्त्रीले चाहेको बेला हुने हो, उहाँले नचाहँदा हुँदैन ।’
उनले सरकारको काम र पार्टीको कामको समीक्षा भइरहेको बताउँदै आउने समयमा कामको परिणाम देखिने बताए । ‘पार्टीलाई एकताबद्ध गर्ने, विकास निर्माणको कामलाई गति दिने, सुशासनका विषयमा समीक्षा गर्ने, उच्छृंखल गतिविधि देखा पर्ने वातावरण कसरी आयो ? भन्ने विषयमा समीक्षा गर्ने निर्णय गरेका छौं,’ उनले भने ।
सरकारले केही गरेन भन्ने कुरा पनि सत्य नभएको बताउँदै उनले गत वर्ष थुप्रै मौलिक अधिकारसम्बन्धी कानून बनाएको र अन्तराष्ट्रिय सम्बन्ध सुधार भएको दाबी गरे । ‘सरकारले केही गरेन भन्ने कुरा पनि सत्य होइन । गएको वर्ष थुप्रै मौलिक अधिकारसम्बन्धी कानून बन्यो, अन्तराष्ट्रिय शक्तिहरुसँगको सम्बन्धमा सुधार आयो, पेट्रोलियम पाइप लाइन बन्यो । चीनसँग राम्रो सम्बन्ध र आधार बनेको छ,’ प्रचण्डको दाबी थियो, ‘आर्थिक वृद्धिदर ७ प्रतिशतको हाराहारीमा भएको कुरा अन्तराष्ट्रिय एजेन्सीहरुले पनि भनेका छन् । यो सबैअवस्थाले हामी निराश हुनुपर्ने अवस्था होइन । त्यति हुँदा हुँदै पनि हामी पनि कामबारे सन्तुष्ट छैनौं, हामी लिडरसिपहरु पनि कमजोरी हटाएर काममा गति दिने विषयमा छलफलमा छौं ।’
कार्यकारी अध्यक्षको भूमिका कहिले पाउनु हुन्छ भन्ने प्रश्नमा अध्यक्ष प्रचण्डले पार्टीले जे निर्णय गर्छ, जे सहमति गर्छ त्यही हुन्छ भन्ने जवाफ दिए । ‘पार्टीले जे निर्णय गर्छ, जे सहमति गर्छ त्यही गर्छ । त्यस विषयमा हामी प्रवेश गरेका छैनौं,’ प्रचण्डको भनाइ थियो ।
उनले अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको र काममा खटिरहनु भएकोले स्वास्थ्य सम्बन्धी अनावश्यक प्रचारबाजी सही नभएको पनि बताए ।