सुनसरी /  यहाँ आयोजित एक कार्यक्रममा सहभागी एवम् वक्ताहरुले प्रदेश नम्वर १ को नामाकरण पहिचानका आधारमा राख्न माग गरेका छन् । नेकपा निकट किराती राष्ट्रिय मुक्ती मोर्चाले शनिबार इटहरीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले प्रदेश १ लाई पहिचान र अधिकारसहितको किरात लिम्बूवान प्रदेश राख्न उपयुक्त हुने बताए । पहिचान नै इतिहास भएको भन्दै इतिहासलाई मेट्न नहुने उनीहरुको भनाई थियो । त्यसको लाग फेरी पनि दबाब सिर्जना गर्नु पर्नेमा सहभागी वक्ताहरुले जोड दिए ।

कार्यक्रमका प्रमुख अतिथि नेकपाका नेता एवम् आदिवासी जनजाती संयुक्त मोर्चाका संयोजक सुरेशकुमार आलेले पहिचान सहितको संघीयताकोलागि प्रदेश १ सो ‘पहिचान सहितको संघीयताको लागि किरात प्रदेश उपयुक्त किरातलाई जोड दिए । गण्डकी प्रदेश नामाकरणमा पनि उनले असन्तुष्टी जनाए । ‘पहिचान र अधिकार सतित प्रदेश हुन जरुरी छ’ उनले भने जनता खुसी भए मात्रै त्यस ठाउँ सम्वृद्ध हुन सक्छ । कार्यक्रममा लिम्बुवान राष्ट्रिय मोर्चाका केन्द्रीय अध्यक्ष मुकेश, नेकपा प्रदेश सचिव हिमाल किराती, किरात राई यायोम्खा केन्द्रीय उपाध्यक्ष ज्ञानबहादुर राई, साँसद शौभाग्यवती राई, उमिता बराइली, सीता थेवे, इन्द्रकला राई कार्यक्रममा सहभागीहरुले प्रदेश १ को नामाकरण हुँदा पहिचानलाई जोड दिनु पर्ने बताए ।

कार्यक्रममा पत्रकार भवानी बरालले प्रदेश नम्वर १ को नामाकरणका अवधारणा प्रस्तुत गरेका थिए । अवधारणामाथि असन्तुष्टी जनाउँदै प्रा.डा. टंक न्यौपानेले प्रदेश नम्वर १ मा पहिचानको कुरा गर्ने हो भने किरात प्रदेशको विकल्प नभएको बताए । ‘लिम्बूहरु पनि किराती नै हुन्’ उनले भने ‘ किरातलाई स्वीकार गर्ने कि नगर्ने लिम्बू साथीहरुसँग मेरो प्रश्न हो ।’ प्रदेश सरकार किरात राज्य राख्न त्यत ठूलो बाधक नभए पनि किरात र लिम्बूहरुले एकै स्वर दिन नसक्दा डराएको बताए । तर, नेपालको राजनीति भारतबाट निर्देशित हुने जनाउँदै उनले किरात प्रदेश राख्न त्यति सजिलो भने नभएको बताए । इटहरीको गोरखा डिपार्टमेन्ट स्टोरमा भएको कार्यक्रम किराती राष्ट्रिय मुक्ती मोर्चाका अध्यक्ष राजन किरातीको अध्यक्षतामा भएको थियो ।