जिरोपोइन्ट /  शनिबार धरानमा विश्व शान्ति तथा एकिकृत परीवार संघको आयोजनामा वैवाहिक प्रतिबद्धता तथा शुभआशिर्वाद समारोह सम्पन्न भएको छ ।
नेवार एकता समाज धरानको संयोजनमा भएको उक्त कार्यक्रममा ५ सय विवाहित जोडीले एकसाथ वैवाहिक प्रतिबद्धता जनाएको विश्व शान्ति तथा एकिकृत परीवार संघ सुनसरी जिल्ला अध्यक्ष रामबहादुर लिम्बुले जानकारी दिएका छन् ।
“असल परिवार ः सबृद्ध नेपाल” भन्ने मूल मान्यतासहित सम्पन्न भएको उक्त कार्यक्रममा विशेष गरी धरानमा बसोबास गर्ने नेवार समुदायको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रममा विभिन्न धर्मका गुरुहरूको उपस्थितिमा उपस्थित जोडीले वैवाहिक प्रतिबद्धता एवं आशीर्वाद ग्रहण गरेका थिए ।
कार्यक्रममा प्रदेश नम्बर १ की उपसभामुख साबित्री पोख्रेल प्रमुख अतिथि रहेकी थिइन् । विशेष अतिथिहरूमा प्रदेश नम्बर १ का सांसद चन्द्र प्रसाद श्रेष्ठ, सावित्री जोशी श्रेष्ठ, ब्लाष्टटाइम्स दैनिकका प्रधान सम्पादक राजकुमार कार्की लगायत रहेका थिए ।