धरानः धरान उपमहानगरपालिका १३ अमरहाटमा भएको दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
धरान–१३ अमरहाट चोक वडा कार्यालय छेऊमा भएको दुर्घटनामा को३ प ३३४ स्कुटीका चालक धरान–१३ बस्ने २७ वर्षीय सविन राईको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानले जनाएको छ । मृतक राई अमर सेवा समाजका आजिव सदस्य रविन रुम्दालीका जेठा छोरा भएको बताइएको छ ।
शनिवार विहान विपरित दिशाबाट आउदें गरेको को३७प ७७३ नम्बरको मोटरसाइकलसँग ठक्कर खाएको थियो । धरानबाट धनकुटा जाँदै गरेको ना७ख १८२५ को ट्रकको मुनि स्कुटी बसे पछि राईको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते राईलाई धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याइए पनि चिकित्सकले उनलाई मृत घोषित गरेका थिए । मोटरसाइकल चालक धरानकै मुकुन्द लिम्बू लाई सामान्य चोट लागेको बताइएको छ । ट्रक चालक हेमराज थापा फरार रहेको प्रहरीले जनाएको छ ।