धरान / धरानमा चारदिनसम्म चल्ने इष्ट टुइरिजम मार्टको आज साँझ प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गरेका छन् । नेपाल भ्रमण बर्ष २०२० लाई पोष्टर र बोर्डमा मात्र सिमित नवर्नाइ आवश्यक पूर्वाधार तयार गरेर प्रदेश १ सरकार अघि बढेको बताएका छन् ।

mart3
उनले पूर्व आउने विदेशी तथा स्वदेशी पर्यटकहरुको सहजताका लागि विराटनगरको हवाई मैदानको स्तरोन्नतीको काम थालिएको जनाए । यस्तै विराटनगरदेखि सगरमाथा आधार शिविरसम्मको स्थल मार्ग निर्माणको कामसमेत अघि बढेको मुख्यमन्त्री राईले जानकारी दिए । उनले हिमाल, पहाड र तराई जोडिएको १ नं. प्रदेशमा भएका उत्पादनहरुलाई ब्राण्डिङ गर्न शुरु भएको बताएका थिए ।

mart
नेपाल पर्यटन बोर्डको आयोजना तथा धरान उपमहानगरपालिकाको सहयोगमा आयोजना गरेको मार्ट प्रदेश नम्बर १ का १४ वटा जिल्लाका पर्यटन व्यवसायीहरुको सहभागीता रहेको छ । यस्तै भारतको नयाँदिल्ली, पटना, कोलकत्ता, सिलिगुडी, आसाम, दार्जिलिङ, सिक्कीम तथा जयगाँउबाट पर्यटन व्यवसायीहरु सहभागी भएका छन् । यस्तै, तेस्रो मुलुक भुटान र बङगलादेशबाट पनि पर्यटन व्यवसायी तथा सञ्चारकर्मीहरुको सहभागिता रहेको छ । नेपाल र अन्य मुलुकका पर्यटक व्यवसायी विच यहाँ भएका पर्यटन प्रोडक्टबारे छलफल हुने छ ।

mart1 mart4 mart2