जिरोपोइन्ट / धरान १० मा रहेको उद्यमशिल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले अफ्नो ७ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
सहकारीले यस वर्ष सहकारीले ११ लाख ८ हजार ९ सय ३६ कमाएको छ ।कुल शेयर पुँजी १ करोड ६१ लाख ४४ हजार संकलन गरेको छ भने कुल निक्षेप ९ करोड २१ लाख ४२ हजार १ सय २१ रहेको प्रतिवेदन सार्वजनिक गर्दै सहकारीका अध्यक्ष डा.योगेन्द्र राईले जानकारी गराएका छन् ।
सरकारीले यस वर्ष कुल आम्दानी १ करोड ६७ लाख २७ हजार ३ सय ४८ रूपैयाँ गरेको थियो भने कुल खर्च १ करोड५६ लाख १८ हजार ४ सय ११ रूपैयाँ खैच गरेको सार्वजनिक गरीएको प्रतिवेदनमा उल्लेख गरीएको छ ।
साधारण सभामा सहकारीको उपलब्धीबारे जानकारी दिदै सहकारीका व्यावस्थापक जीतबहादुर राउतले सहकारीले गत सालभन्दा यस वर्ष शेयर रकममा ४५.५ प्रतिशत र बचतमा ८३.३० प्रतिशतले वृद्धी भएको बताएका छन् ।
कार्यक्रममा सहकारीका लागि जग्गा खरीद गर्न सहयोग प्रदान गर्ने १७ जनालाई सम्मानपत्रले सम्मान गरीएको थियो । यसका साथै संस्थामा नियमित बचत गर्ने बचतकर्ता, असल ऋणी, उत्कृष्ट फिल्ड कर्मचारी, उत्कृष्ट कार्यलय कर्मचारी लगायतलाई सेमत सम्मान गरीएको थियो ।
कार्यक्रमको उद्घाटन प्रदेश नम्बर १ का सभामुख प्रदिपकुमार भण्डारीले पानसमा द्विप प्रज्वलन गरी गरेका थिए । कार्यक्रममा बोल्दै सभामुख भण्डाारीले सहकारीले सर्वप्रथम समाजमा रहेका व्यक्तिहरूको विश्वास जित्न सक्नुपर्ने बताएका छन् । उनले अहिलेको समयमा राष्ट्र आर्थिक क्रान्ति र आर्थिक रूपान्तरणमा अघि वढ्न सुरू गरेको कारणले अब सरकारले गरीबि र बेरोजगारी न्युनिकरणको लागि कार्य गर्न लागि परेको बताएका छन् ।
कार्यक्रममा धरान १५ नम्बरका वडाअध्यक्ष तथा जिल्ला सहकारी संघका वरिष्ठ उपाध्यक्ष नरेशकुमार इवारम, वडा नम्बर १० का वडाअध्यक्ष श्री सुब्बालगायतले शुभकामना व्यक्त गरेका थिए ।